साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको २५८ औ शृङखला अन्तर्गत कवि गोष्ठी सम्पन्न

समारोहमा सहभागीमध्ये सुमित्रा श्रेष्ठ, सीताराम पोखरेल, तृष्णा श्रेष्ठ र एलजी विवशलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौ, ०८० साउन २७ । अभिनव साहित्य समाजको आयोजनामा आज भैरव स्मृति भवन जोरपाटी, गोकर्णेश्वर न.पा. ५ मा २५८ औं काव्य शृङ्खला सम्पन्न भएको छ ।

समाजका वर्तमान उपाध्यक्ष विमल अर्यालको सभापतित्व, गजलकार रामबहादुर पाहारीको प्रमुख आतिथ्य, डा. पुरुषोत्तम श्रेष्ठ, पूर्व प्रशासक श्याम खतिवडा, धवलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, समालोचक युवराज मैनाली, शैली साहित्य समाजकी अध्यक्षा मञ्जुश्री प्रधान के.सी., गीतकार तथा पूर्व एसएसपी नारायण आचार्यको विशेष आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको उद्घोषण शारदा पराजुली, स्वागत मन्तव्य घनश्याम प्रसाई र समीक्षा परशुराम पराजुलीले गर्नुभएको थियो ।

समारोहमा सहभागीमध्ये सुमित्रा श्रेष्ठ, सीताराम पोखरेल, तृष्णा श्रेष्ठ र एलजी विवशलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागीहरूमा गंगाप्रसाद भेटवाल, ओमप्रसाद कोइराला, सुशील आचार्य, आलोक चालिसे, भारद्वाज मित्र, मेनका पोखरेल आचार्य, पवन संग्रौला, अच्युत पौडेल चिन्तन, घनश्याम प्रसाई, रामचन्द्र दाहाल, दुर्गा अधिकारी, नवराज पुडासैनी, मधुसूदन प्रसाद घिमिरे, बुद्धिसागर पौडेल, बाजुराम पौडेल, सुमन पुडासैनी, जानुका भट्टराई, तोयानाथ तिवारी, ऋचा, रञ्जना पोखेरेल, यदुनाथ बसन्तपुरे, सुरेशचन्द्र घिमिरे र शान्ती रिसाललगायत ५७ जना रहनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x