साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानको ६३ औँ रचना वाचनको शृङ्खला

कृतिका समीक्षक पूर्णामृत भवानी माविका सहायक प्रधानाध्यापक दीपक लम्सालले कृतिको साङ्गोपाङ्गो चर्चा गर्दै कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको कुरा व्यक्त गर्नुभयो ।

Nepal Telecom ad

स्याङ्जा, ०८० साउन २७ । भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनको ६३ औँ शृङ्खला एक कार्यक्रम गरी शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रममा डा.अच्युतशरण अर्यालले लेख्नु भएको ‘प्राकृतिक जीवनशैली’ नामक कृतिको पनि चर्चापरिचर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली लेखक संघ स्याङ्जाका अध्यक्ष मिलन समीरले लेखकको मृत्युपछि पनि उसका कृतिहरूले नै अमर बनाउने भएकाले कृति प्रकाशन गर्नु आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कृतिका समीक्षक पूर्णामृत भवानी माविका सहायक प्रधानाध्यापक दीपक लम्सालले कृतिको साङ्गोपाङ्गो चर्चा गर्दै कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको कुरा व्यक्त गर्नुभयो ।

कृतिकारले कृति आफ्नो लामो अध्ययन र प्रयोगबाट जन्मिएको कानकारी गराउनुभयो ।

कार्यक्रम कृष्णप्रसाद अर्यालको भक्तिमय कविताबाट सुरु भएकोमा विशाल ज्ञवालीले प्राकृतिक जीवनशैलीका बारेमा जानकारी गराएका थिए । यसैगरी स्वास्थ्यकर्मी श्याम अर्यालले आँखा पाक्ने रोगको बारेमा जानकारी गराए ।

उपस्थित महिलाहरूले सामुहिक रूपमा विभिन्न लोक भाका सुनाउनुभयो । यस्तै स्रष्टा कमल बगालेले छिमेकी शीर्षकको लघुकता सुनाउनुभयो । देशबन्धु आचार्य, शिव आर्याल, दमकला बगाले, अमृत रेग्मी लगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा आफ्नो रचना सहित शुभकामना दिनुभएको थियो समाजसेवी केदारशरण विकल र पूर्व जनप्रतिनिधि अनन्तराज शर्मा पंगेनीले ।

कान्छा पंडित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोधगुठी, वालिङ- ८, भीमटारी, पिरामिड कुटीको संयोजनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले गर्नुभएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए । कार्यक्रमको अन्त्यमा हरिनाम संकीर्तन पनि गरिएको थियो ।

०००
– श्याम ढुङ्गाना, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x