साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वैजयन्ती स्रष्टा सम्मान तथा लोकार्पण कार्यक्रम

शब्दार्थ प्रकाशनद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षमा- डा.रामप्रसाद ज्ञवाली र प्रमुख आमन्त्रितमा - डा माधवप्रसाद पोख्रेल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० असाेज ५ । पाठशाला फाउन्डेसन नयाँबानेश्वरको सभाहलमा स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

शब्दार्थ प्रकाशनद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षमा- डा.रामप्रसाद ज्ञवाली र प्रमुख आमन्त्रितमा – डा माधवप्रसाद पोख्रेल हुनुहुन्थ्यो ।

दिउँसो २ बजेदेखि आरम्भ भएको यो सभालाई वैजयन्तीका सम्पादक ठाकुरप्रसाद शर्मा भण्डारीले स्वागत गर्नु भएको थियो ।

८ वर्षका बालक र यसै विद्यालयका कक्षा ४ का छात्र अभिज्ञान लामिछानेद्वारा लिखित पुस्तक Fourteen petals को सामुहिक विमोचन भयो र कृतिभित्रबाट एउटा कविता बालस्रष्टा लामिछानेले वाचन गरे ।

वैजयन्ती विधा केन्द्रित पत्रिकाले वर्षेनी गरिल्याएको स्रष्टासम्मान १२ जना स्रष्टाहरू( प्रा डा प्रदीपकुमार मैनाली, तिलस्मी प्रभास, प्रा डा कृष्णचन्द्र शर्मा, पुन्य कार्की, हरि थापा, कलानिधि दाहाल, जीवराज भट्टराई, कृष्ण बाउसे, प्रेम राई परीक्षित, कलाधर काफ्ले, डा लक्ष्मणप्रसाद गौतम र शिव त्रिपाठी)मा समर्पण गरियो ।

छन्द कविताका कुशल वाचक शिव त्रिपाठीले विभिन्न छन्दहरूकै नाम उल्लेखित स्वरचित पञ्चचामर छन्दको कवितावाचन गर्नुभएको थियो ।

त्यसपछि विनयकुमार शर्मा नेपालबाट विशेष योजनाको अलिक लामो व्याख्या गर्नुभएपछि शब्दार्थ प्रकाशनका अध्यक्ष भुवनहरि सिग्देलले मन्तव्यसँगै एउटा कविता वाचन गर्नुभयो भने डा. माधव पोख्रेलबाट सभालाई सम्बोधन गरेपछि रामप्रसाद ज्ञवालीबाट मन्तव्य सहित सधन्यवाद सभा समापन गर्नुभएको थियो ।

श्रोता दीर्घामा जय छाङ्छा, खोलाघरे साहिंलो, एकता केसी, विजयध्वज थापा, खगेन्द्र खोल्साघरे, गायत्रीप्रसाद चापागाईं, तोयानाथ सुवेदी लगायत ५० जनाजति साहित्यकार र पाठशाला फाउन्डेसनका विद्यार्थीहरूको उपस्थिति थियो ।

०००
– खाेलाघरे साहिँलाेद्वारा प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x