साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला ३०)

मैला छन् कपडा धुने प्रविधिले ल्यायो नयाँ साधन । हाल्दा झट्ट पखाल्छ जो मिसिनले हुन्छन् लुगा कञ्चन ॥ पाएको सुबिधा प्रयोग गरिँदा हाम्रा बुढ्यौली तन । बन्छन् झर्झर चम्किला कनकझैँ यस्तै त हो जीवन

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

धेरै कारण दुःखका मनुजमा हुन्छन् जमेका तर
सोच्दै व्याकुलता भएर मनमा आस्वाद के मिल्छ र ?
पायौँ मानव जन्म कर्म बलले छौँ चेतनाका धनी
भेट्छौँ खोज गरे यसै हृदयमा आनन्दको पावनी ॥१५०॥

झर्छन् दाँत कपाल पाक्छ जनको लाग्दा बुढ्यौलीपन ।
यो संसार चलाउने प्रकृतिले त्यस्तै रच्यो कानुन ॥
पा-यो च्याप्प बुढ्याइँले अब भनी चिन्ता नमान्ने गरौँ ।
ठानौँ हुन् उपहार वृद्ध पगरी स्वीकार राम्रो गरौँ ॥१५१॥

जस्ता बोझ थिए वयस्क रहँदा बोक्दै उचाल्दै पर ॥
थन्क्याएर बुढ्याइँको पद मिल्यो आनन्द के छैन र? ॥
फुल्दा केश अझै अलङ्कृत भयो हो वृद्धको शोभन।
कालो पार्छु भने छ साधनसँगै यस्तै त हो जीवन ॥१५२॥

तक्माझैँ उपहार यो प्रकृतिले लौरो दियो सादर ।
जाँदा टोल छिमेकमा छ यसको कस्तो ठुलो आदर ॥
थाले कार्य समाल्न सन्ततिहरू राम्रो लिऊन् चिन्तन ।
थामून् यी वसुधैव, संस्कृति कला यस्तै त हो जीवन ॥१५३॥

फुक्ले दाँत भने,छ आज सुबिधा लाए नयाँ के भयो? ।
टोकिन्छन् फलफूल भट्ट र मकै हाँस्दै चपाए भयो ॥
आँखामा व्यवधान देखिन गए चस्मा लिऊँ साधन ।
सक्छौँ पढ्न,नियाल्न विश्व रमिता यस्तै त हो जीवन ॥१५४॥

मैला छन् कपडा धुने प्रविधिले ल्यायो नयाँ साधन ।
हाल्दा झट्ट पखाल्छ जो मिसिनले हुन्छन् लुगा कञ्चन ॥
पाएको सुबिधा प्रयोग गरिँदा हाम्रा बुढ्यौली तन ।
बन्छन् झर्झर चम्किला कनकझैँ यस्तै त हो जीवन ॥१५५॥

बस्ने चट्ट परी सफा मन गरी हिँड्ने सकेको जति ।
त्यो पल्लाघर मात्र जान सकिए सम्मान मिल्ने कति ॥
झुक्ने छन् भतिजाहरू पयरमा सङ्लो बनाई मन ।
केही ज्ञान सुझाव बाड्न सकेए यस्तै त हो जीवन ॥१५६॥
(क्रमशः)

०००
२०८०/०५/११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x