फित्काैली डटकमहरि अभिनव वद्वित प्रतिभा पुरस्कार अर्पण
प्रा.डा. श्री ऋषिराम पोखरेलज्यूलाई ज्यौ. हरिप्रसाद घिमिरेको नाममा अभिनवद्वारा स्थापित ३०,००० । नगद दोसल्ला र सम्मान पत्र सहित ‘हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार’ २०८० बाट अभिनन्दन गरिएको छ ।

काठमाडाैं २०८० कार्तिक २५ गते । अभिनव साहित्य समाजले २६१ औ मासिक शृङ्खलाअन्तर्गत प्रा.डा. श्री ऋषिराम पोखरेलज्यूलाई ज्यौ. हरिप्रसाद घिमिरेको नाममा अभिनवद्वारा स्थापित ३०,००० । नगद दोसल्ला र सम्मान पत्र सहित ‘हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार’ २०८० बाट अभिनन्दन गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको ११५ औँ जन्मजयन्तीको अवसरमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पणको कार्यक्रम र कवि गोष्ठी सम्पन्न भएको छ । प्रमुख अतिथि गोकर्णेश्वर न.पा.का प्रमुख श्री दीपककुमार रिसालज्यूले सो पुरस्कार अर्पण गर्नुभएको छ ।
सोही समारोहमा गोविन्द घिमिरे वेदमणिद्वारा लिखित नियात्रा अष्टेलियादेखि यूरोपसम्म नामक पुस्तको लोकार्पण समेत भएको थियो ।
विशिष्ट अतिथिहरुमा विजय चालिसे, रामेश्वर फुयाल, वाग्लुङका काजी रोशन, ठाकुर शर्मा, राम बाबुदाहाल र उत्तम सञ्जेल रहनुभएको थियो ।
कार्यक्रमको सभापतित्व उपाध्यक्ष विमल अर्याल, उद्घोषण श्री मेनका आचार्य र स्वागत मन्तव्य नवराज पुडासैनी ज्योत्स्नाज्यूले गर्नुभएको थियो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र हरिप्रसाद घिमिरे, महाकवि देवकोटा र पुरस्कृत व्यक्तित्वको बारेमा बोल्नुभएको थियो ।
उत्तम सञ्जेलज्यूले अभिनन्दित व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कविता वाचन तथा द्यौसी भैलो गीत गाउनेहरुमा घनश्याम प्रसाई, दुर्गा अधिकारी, माधवलाल श्रेष्ठ, सुशील आचार्य, बाजुराम पौडेल, उद्धव रायमाझी, रुकु पराजुली, सुरेशचन्द्र घिमिरे, ठाकुरप्रसाद खतिवडा, शंकर भारती, कार्तिकेय घिमिरे, विश्वानाथ तामाङ, केशवप्रसाद पुडासैनी, गोमा पुडासैनी, धुवप्रसाद भण्डारी, कृष्णप्रसाद नेपाल, सरोज पहाडी, दिव्यलक्ष्मी पोखरेल, भक्त क्षेत्री, निर्मला भट्टराइ, बद्री प्रसाद सुवेदी, ओम कुमारी पोखरेल हुनुहुन्थ्याे ।
त्यसैगरी भोलानाथ सुवेदी, रामचन्द्र दाहाल, ओम प्रसाद कोइराला, कविराज घिमिरे, रामेश्वर फुयाल, मीरा, कृष्णप्रसाद घिमिरे, दिपेन्द्र पुरुष ढकाल, रामहरि घिमिरे, केशव घिमिरे, करुणा, निर्मला ढकाल, कमला घिमिरे, सुरक्षा शर्मा, हरिप्रसाद खतिवडा, सविना फुयाल, राजन पुडासैनी, सरिता बराल, सरिता घिमिरे, दुर्गादेवी घिमिरे, मुना घिमिरे,आलोक प्रसाई, मुकुन्द घिमिरे, अमरनाथ घिमिरे, ऋषि घिमिरे, बालमुकुन्द कार्की, वसन्त रिजाल रामचन्द्र खतिवडा, नवराज घिमिरे, निर्मल घिमिरे, बरुण खतिवडा, साधना खतिवडा, तृष्णा श्रेष्ठ, श्रृजना श्रेष्ठ, ललिता दोषी, बुद्धि सागर पौड्याल र गोपाल पौड्यालसमेत ८१ जना रहनुभएको थियो ।
०००
– निर्मल अर्याल
Subscribe
Login
0 Comments
Oldest




































