साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार एवम् मार्क्सवादी चिन्तक ताराकान्त पाण्डेयको निधन

प्रगतिवादी साहित्यमा समर्पित पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

Nepal Telecom ad

काठमाडाैं २०८० पुष २८ । समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा पुस २७ गते राती १० बजे भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो । बस भेरी नदीकाे पुलमाथिबाट पल्टिँदै बगरमा खसेकाे थियाे । पाण्डेसहित १२ जनाकाे मृत्यु भयाे भने २४ जना घाइते भएका छन् ।

प्रगतिवादी साहित्यमा समर्पित पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी सवार बस दुर्घटनामा परी निधन भएको हो ।

२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए ।

पाण्डेयका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित छन् ।

पाण्डेय ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन कार्यमा संलग्न थिए ।

पाण्डेय वि.सं २०५७ सालको पारिजात सिर्जन पुरस्कार प्राप्त स्रष्टा हुन् ।

डा. ऋषिराम शर्माले पाण्डेकाे असामयिक मृत्युमा मृत्युलाइ नै संवाेधन गर्दै सञ्जालमा लेखेका छन्- ए ! क्रूर मृत्यु !
लगिस् नि चटक्क चुंडेर यी प्राज्ञिक धरोहरलाई !!!
मेरो विद्यावारिधि शोधप्रबन्धका शोधविशेषज्ञ, वरिष्ठ समालोचक, सरलताका प्रतिमूर्ति विद्वान् गुरु प्रा.डा. ताराकान्त पाण्डेयज्यूको सवारीदुर्घटनामा अकल्पनीय देहावसानको खबरले स्तव्ध छु !

डा. कपिल लामिछानेले प्रसिद्ध समालोचक, प्रगतिवादी साहित्यस्रष्टा, इच्छुक प्रतिष्ठानका अध्यक्ष ,पूर्व सहायक डिन, विद्यावारिधिका सहकर्मी एवम् प्रिय मित्र प्रा.डा. ताराकान्त पाण्डेयकाे गए राति भालुवाङमा भएकाे बस दुर्घटनामा परी निधन भएकाे समाचारले म स्तब्ध भएकाे बताउँदै यस दुखद घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भाषा अायाेगका सदश्य मातृका पाेखरेलले पत्याउनै गाह्रो ! श्रद्धाञ्जली लेख्न पनि मनैले मानेको छैन भन्दै सबैका मृत्यूहरू अपूरणीय हुन्छन् भन्ने मेरो मनले कहिल्यै स्वीकारेन । तर प्रगतिवादी समालोचनाको दृष्टिले हेर्दा यो घटना साँच्चै अपूरणीय हो उल्लेख गरेका छन् ।

डा. भरतकुमार भट्टराइले पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शालीन, भद्र, विद्वान् र नेपाली साहित्यका वरिष्ठ समालोचक, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरका मेरा प्रिय सहकर्मी मित्र प्रा.डा. पाण्डेयको भालुवाङ बस दुर्घटनामा अपत्यारिलो र असामयिक मृत्यु भएको घटनाले मुटु नै चिसो भएको बताएका छन् ।

प्रलेस केन्द्रीय कार्यालयका तर्फबाट महासचिव डा. देवी क्षेत्री दुलालले प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साहित्य सङ्गम  चितवनका तर्फबाट प्रकाश चापागाईँले पनि प्रेस विज्ञप्ति जारी गर्दै नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनका प्रखर समीक्षक प्रा. डा. ताराकान्त पाण्डेयको मृत्युको खबरले साहित्य सङ्गम चितवन मर्माहत भएको जनाएका छन् ।  उहाँको यो अकल्पनीय निधनले नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनलाई अपूरणीय क्षति भएको हामीलाई अनूभूत भएको छ  । यो दुखद् समयमा उहाँप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन .आफन्तजन र सम्पूर्ण प्रगतिवादी अग्रज तथा अनुजमा गहिरो समवेदना अर्पण गर्दछौँ भनिएकाे छ ।

त्यसैगरी डा. खगेन्द्र लुइटेल, डा. गाेपेन्द्र पाैडेल, डा. रामप्रसाद ज्ञवाली, डा. पशुपतिनाथ तिमल्सेना, डा. जीवेन्द्रदेव गिरी, डा. देवी नेपाल, वासुदेव पाण्डेय, मुक्ति भण्डारी, निमग्ना घिमिरे, विष्णुप्रसाद ज्ञवाली, विजय सुब्बा, भीम दाहाल लागयतका स्रष्टा एवम् द्रष्टाले समाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x