फित्काैली डटकमहामी बीच रहेनन् कथाकार परशु प्रधान
सुप्रशिद्ध कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको साेमबार राति आफ्नै निवासमा निधन भएको हाे ।

काठमाडौँ, २०८० चैत ६ । सुप्रशिद्ध कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।
उनको साेमबार राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । कीर्तिशेष प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित कृति छन् । ‘सीताहरू’ शीर्षकमा शृङ्खलाबद्ध कथाहरू प्रकाशित छ ।
पारिवारिक स्रोतका अनुसार अहिले २०८० चैत्र ६ गते बिहान ९ बजेसम्म राधामोहन मार्ग -२० मा पार्थिव शरिर श्रद्धाञ्जलिका लागि राखिने र आजै ९:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।
केही वर्षदेखि मधुमेह र रक्तचापको उपचार गराइरहेका उहाँका दुई छोरा र दुई छोरी रहेका छन् ।
वि.सं. २००० माघ ३० गते भोजपुरमा जन्मिएका कथाकार प्रधान ८० वर्षका थिए ।
Subscribe
Login
0 Comments
Oldest






































