साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भीरगाउँदेखि भीमचौरीसम्म’ पुस्तकमाथि अन्तरकृया कार्यक्रम सम्पन्न

कार्यक्रममा संस्थाका अध्यक्ष शिशिर खनालले उपस्थित सबैलाई स्वगत गर्नुभयो भने संस्थाका सल्लाहकार इश्वर देवकोटाले श्रष्टा चन्द्रमणि गुरागाईंलाई खादा ओढाएर सम्मान गरिएको थियो।

Nepal Telecom ad

नर्थ क्यारोलाइना । नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाईना च्याप्टरको आयोजनामा जुन २२, २०२४ अर्थात असार ८, २०८१ मा ८१ वर्षमा प्रवेश गर्नुभएका चन्द्रमणि गुरागाईंद्वारा लिखित पुस्तक “भीरगाउँदेखि भीमचौरीसम्म” माथि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शिशिर खनालले उपस्थित सबैलाई स्वगत गर्नुभयो भने संस्थाका सल्लाहकार इश्वर देवकोटाले श्रष्टा चन्द्रमणि गुरागाईंलाई खादा ओढाएर सम्मान गरिएको थियो।

साहित्यकार डा. ऋषि वस्ताकोटीले पुस्तकका लेखक चन्द्रमणि गुरागाईंको सङ्क्षिप्त परिचय दिनुको साथै छलफलका सहभागी साहित्यकारहरू क्रमश: डा. हरिहर प्र. भट्टराई, इश्वर देवकोटा, शिखर दुलाल, नगेन्द्र न्यौपाने तथा डा. निलम कार्की निहारिका माझ पुस्तकमाथि आ-आफनो धारणा राख्न अन्तरकृयाको ढोका खोल्नुभयो।

साहित्यकार भट्टराईले पुस्तकभित्र रहेको रोबोटले किताब तान्ने हन्ट लाइब्रेरी पढेपछि उक्त लाइब्रेरीका दाता जेम्स हन्टको बारेमा बृहत चर्चा गर्नुको साथै पुस्तकभित्र रहेका विभिन्न लेखहरू पछिल्लो पुस्तालाई महत्वपूर्ण हुने कुरा बताउनु भयो।

साहित्यकार देवकोटाले विधुवा बुहारीलाई सेतो सारी लाउन नदिएको पढेपछि लेखक परिवर्तनका बाहक भएको कुरा बताउनु भयो। साहित्यकार निहारिकाले “भीरगाउँदेखि भीमचौरीसम्म” पढदा हरेक पाठकलाई कुनै न कुनै कथाले आफू सँगसँगै लैजान्छ, यो पुस्तकले अघिल्लो पुस्तालाई पनि चिनाउने मौका पाएको छ जुन कुरा लोप हुन लागेका थिए भन्नुभयो।

साहित्यकार दुलालले पुस्तकभित्रका हरेक लेखले आफूलाई तान्दै तान्दै आफै पढेको साजिलाल माध्यामिक विद्यालय, हुर्किएको आफ्नै घर र आफ्नै बुवाहरूले उभिनका लागि गरेको दु:खसुखमा पुर्यायो भन्नुभयो ।

यस्तै साहित्यकार न्यौपानेले पढेका लेखहरूले आफूलाई पनि उत्तिकै तानेको र भीरगाउँदेखि भीमचौरीसम्म पुस्तक पठनिय साहित्यिक पुस्तक रहेको कुरा बताउनु भयो ।

साहित्यकार वस्ताकोटीले छलफलका सहभागीहरूका प्रश्न र उत्तरहरुमा सहजीकरण गर्ने क्रममा “भीरगाउँदेखि भीमचौरीसम्म” पुस्तकमा लेखकको आफनोमात्र विगत नभएर समाजका अरू ओझेलमा परेका मान्छेहरूसमेतको विगत समेटेर लेखेको यो सङ्ग्रहले अरूलाई प्रेरणा दिएको कुरा बताउनु भयो ।

यस्तै लेखककी जेठी बुहारी रमा सुबेदी गुरागाईंले आफ्ना ससुरा बुवाले भर्खर कलेज गएका विद्यार्थी जस्ताे रातदिन घोटिएपछि यो पुस्तक जन्मिएको हो । बुवाले थाहा नपाएका सत्यतथ्यलाई स्थलगत अवलोकन गर्न जाँदा आफू पनि सँगसँगै गएकीले यस पुस्तकमा आफ्नो जीवनका अनुभवहरू नै लेखेको कुरा बताउनु भयो ।

सँस्थाकी सदस्य सुजाता ढुँगेलले आफू उपस्थित हुन नसके पनि भीरगाउँदेखि भीमचौरीसम्म पुस्तक पढेपछि लेखकले आफ्नो अनुभव लेख्दा सबै बाहरूलाई प्रतिनिधित्व गरेको र यो पुस्तक अबको पिँढीलाई अध्ययनको लागि कोसेढुंगा हुने कुरा अडियो मार्फत बताउनुभयो ।

दर्शकहरुमध्येबाट शिव पलाँस र राजन पौडेलले आ-आफनो मन्तव्य राख्नुभएको थियो भने “भीरगाउँदेखि भीमचौरीसम्म” का श्रष्टा चन्द्रमणि गुरागाईंले सहभागीहरूले उठाएका प्रश्नहरूको उत्तरमा आफूले जे देखेँ, जे भोगेंँत्यही लेखेँ भन्नुभयो ।

कार्यक्रमलाई समापन गर्दै लेखककी कान्छी छोरी नम्रता गुरागाईंले आफ्ना बुवाको अन्तरमन कोट्याउँदा दाम्लाका पोया फुस्किएजस्तो फुस्किएको उहाँका जीवनका उकाली ओरालीका दस्ताबेजहरू लेखहरूमा लिपिबद्ध गर्न अनुरोध गरेपछि बुवा आफैले समेटेर पुस्तकमा लिपिबद्ध गरेकाले आज इतिहासको गर्भमा लुक्न लागेका महत्वपूर्ण कुराहरुको उजागर गरी पुस्तक भएर तातेताते गर्दै अमेरिकासम्म आइपुग्नु साथै छलफलको विषय हुनु आफैमा महत्वपूर्ण कुरा भएको बताउनु भयो ।

साथै प्रेरणाको श्रोतको केही हिस्सा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले लिएको कुरा पनि नम्रताले बनाउनु भएकाे थियो ।

०००

Subscribe
Notify of
guest

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x