सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

केनी पाण्डेको ‘पेम्बाको स्वर्ग’ उपन्यास लोकार्पित

प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलले सो कृतिको लोकार्पण गर्नु भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ असार १२। साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार केनी पाण्डे (हरिनाथ पाण्डे)को “पेम्बाको स्वर्ग” उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलले सो कृतिको लोकार्पण गर्नु भएको हो ।

पाण्डेको यसअगि प्रकाशित अङ्ग्रेजी उपन्यास “OTHER SIDE OF PARADISE” को यो नेपाली अनुवाद हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पूर्व राजदूत सुरेन्द्रबहादुर श्रेष्ठ, पूर्व सचिव द्वारिका ढुङेल, बेल्जियमका वाणिज्यदूत आङ् छिरिङ, प्रो. प्रचण्ड प्रधान, इतिहासविद्, प्रा.डा. सुरेन्द्र के. सी.लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी लोकार्पित कृतिबारे कृतिका अनुवाद धीर भण्डारी र समालोचक डा. शान्तिमाया गिरीले कृतिबारे समीक्षा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खरेल, अध्यक्ष लेकाली, उपन्यासकार केनी पाण्डे पूर्व राजदूत सुरेन्द्रबहादुर श्रेष्ठ, पूर्व सचिव द्वारिका ढुङ्गेल, बेल्जियमका वाणिज्यदूत आङ् छिरिङ, प्रो. प्रचण्ड प्रधान, इतिहासविद् . प्रा.डा. सुरेन्द्र के. सी.लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य सुमन घिमिरेलाई बधाई ज्ञापन पनि गरिएको थियो ।

कार्यक्रम संचालनको संचालन टेलिभिजन पत्रकार जीवराम भण्डारीले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x