सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुरु पूर्णिमामा त्रियुगा सङ्गीत विद्यालयको साँस्कृतिक कार्यक्रम

कोशी प्रदेशसभाकी पूर्व सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

उदयपुर, २०८१ साउन ६ । उदयपुरको गाईघाटमा रहेको तिनतले उदयपुर संगीत केन्द्रद्वारा सञ्चालित त्रियुगा सङ्गीत विद्यालयले आइतबार गुरु पूर्णिमाको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कोशी प्रदेशसभाकी पूर्व सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि थापाले उदयपुर जिल्लामा त्रियुगा सङ्गीत विद्यालयले साङ्गीतिक शिक्षामा ठूलो योगदान गरेको र यस विद्यालयबाट उत्पादित सङ्गीत तथा गायन क्षेत्रका विद्यार्थीहरूले आफ्नो प्रस्तुती देश विदेशमा दिएको र सफलता प्राप्त गरेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता बैकुण्ठ दाहालले त्रियुगा नगर पालिकामा एउटा सरकारी स्तरको सङ्गीत विद्यालय आवश्यक रहेकाले यसका लागि जग्गा व्यवस्थापन गरेर अघि बढनु पर्ने बताउनु भयो ।

अर्का वक्ता नेकपा एमालेको पूर्व अध्यक्ष परमेश्वर घिमिरेले वर्षांै अघिदेखि गाईघाटमा सङ्गीत गुरु शैलेन्द्र खतिवडाले सङ्गीतका माध्यमबाट सांस्कृतिक अभियान चलाउनु भएको र हालसम्म आइपुग्दा विद्यालय नै सञ्चालन गरेर निशुल्क सङ्गीत तथा गायन शिक्षा दिनु आफैमा महत्वपूणर् कुरा भएको बताउनु भयो ।

कार्यक्रममा मादल, हारमोनियम, गीतार ढोलक तथा अन्य बाजाहरूको वादन, गीत प्रस्तुती, मादलको सुरताल प्रस्तुती लगायतका प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समुहलाई पुरस्कार वितरण गरिएको थियो ।

हाल १४० जनाले त्रियुगा सङ्गीत विद्यालयमा सङ्गीत तथा गायन शिक्षा निशुल्क रुपमा लिइरहेको र दलित, मधेसी, आदिवासी जनजाती, सीमान्तकृत वर्गका, भजन समुहका महिला दिदी बहिनीहरूले गीत गाउन भजन गाउन र वाद्यबादन सिकिरहेका छन् ।

त्रियुगा सङ्गीत विद्यालयबाट हालसम्म ३५० जनाभन्दा बढिले सङ्गीत तथा गायन शिक्षा लिएको र प्रशिक्षक शैलेन्द्र खतिवडाले सरकारी शिक्षकको जागिर छाडेर पूणर्कालिन रुपमा सङ्गीत शिक्षक भएर हाल तिनतले उदयपुर सङ्गीत केन्द्रको त्रियुगा सङ्गीत विद्यालय सञ्चालन गरेर इच्छुक जो कोहीलाई पनि निशुल्क रुपमा सङ्गीत शिक्षा दिइरहेका छन् ।

०००
– माधव गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x