सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवकोटाको ११६औं जन्मजयन्तीमा देवकाेटा सङ्ग्रहालयमा काव्य वाचन

कार्यक्रममा अमर न्यौपाने, हंसावती कुर्मी, कौशिला रिसाल, अम्बिकादेवी रिमाल, पद्मप्रसाद देवकोटा, धनप्रसाद सुवेदी, दलबहादुर कार्की (वडा अध्यक्ष), जनक रसिकको विशेष उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ कार्तिक १४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती आज देवकोटा सङ्ग्रहालय, मैतीदेवी काठमाडौंमा सम्पन्न भयो ।

सन्ध्या पहाडीको सञ्चालन, बाबा बस्नेतको (काव्य विभाग प्रमुख) अध्यक्षता रहेको यस कार्यक्रममा अमर न्यौपाने, हंसावती कुर्मी, कौशिला रिसाल, अम्बिकादेवी रिमाल, पद्मप्रसाद देवकोटा, धनप्रसाद सुवेदी, दलबहादुर कार्की (वडा अध्यक्ष), जनक रसिकको विशेष उपस्थिति रहेको थियो ।

स्वागतमन्तव्य प्रतिष्ठानका सदस्सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभयो । कार्यक्रममाथि प्रकाश पार्नेमा बाबा बस्नेत हुनुहुन्थ्यो ।

महाकविका सुपुत्र पद्मप्रसाद देवकोटाले यो सङ्ग्रहालयलाई गोष्ठीको घर नबनाएर देवकोटासम्बन्धी अनुसन्धानस्थल बनाउने सुझाव दिनुभयो ।

मन्तव्य दिनेहरूमा कुलपति भूपाल राई, देवकोटाकी सुपुत्री अम्विकादेवी रिमाल आदि हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञाप्रतिष्ठानको काव्य विभागद्वारा आयोजित कार्यक्रममा शैलेन्द्र साकार, नरनाथ लुइँटेल, पुरुषोत्तम सुवेदी, अनिता लामा, जीवनाथ धमला, मनोज न्यौपाने, प्रमोद सारङ्ग, गिलु रातोस (गणेश राई), बिना थिङ, चेतनाथ धमला, रेणुका भट्टराई र घमा भट्टराई यति १२ जनाले कविता वाचन गर्नुभयो जसमा घमा भट्टराई १ जनाको मात्रै पिङ्गल छन्द प्रमाणिकामा रचित कविता थियो ।

अन्य तीनवटा झ्याउरे लयका र बाँकी सबै मुक्त लयका कविता थिए । १२ जना कविहरूलाई जनही रु. १०००/- प्रदान गरिएको थियो ।

अन्य कविहरूमा हिरण्यकुमारी पाठक, लेखनाथ पस्तकालय, चन्द्रगढी झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार, इलाम साहित्य मञ्चका अध्यक्ष, स्रष्टा पदयात्राका सदस्य खोलाघरे साहिँलो, राधा दुलाल कार्की, पत्रकार तथा स्रष्टा पदयात्राका सदस्य जयराम विडारी, देवकोटासम्बन्धी विशेष अध्येता रत्ननिधि रेग्मी, डा. यादेवी ढकाल, इन्दिरा पन्त पाण्डे, सुपरिचित महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, निर्मलकुमार पराजुली आदि १०० जना जतिको उपस्थिति रहेको थियोे ।

०००
-खाेलाघरे साहिँलाेकाे साैजन्यमा ….

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x