फित्काैली डटकममहाकवि देवकोटा कल्पतरु पुरस्कार तथा कल्पतरु प्रज्ञा सम्मान
कार्यक्रममा साहित्यकार वसन्त रिजाललाई महाकवि देवकोटा कल्पतरु पुरस्कार र कलाकार जोगेन्द्र पानवालालाई कल्पतरु प्रज्ञा सम्मान प्रदान गरिएको हो ।

काठमाडाैंफ २०८१ कात्तिक १४, काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसरमा बुधवार राजधानीमा एक कार्यक्रम गरी दुई स्रष्टालाई सम्मान गरेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालयमा एक कार्यक्रम गरी प्रतिष्ठानले स्रष्टाद्वयलाई सम्मान गरेको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार वसन्त रिजाललाई महाकवि देवकोटा कल्पतरु पुरस्कार र कलाकार जोगेन्द्र पानवालालाई कल्पतरु प्रज्ञा सम्मान प्रदान गरिएको हो । देवकोटा कल्पतरु पुरस्कारको राशी नगद रु. २५ हजार रहेको छ ।
यसैबीच पुरस्कृत साहित्यकार रिजालले देवकोटा कल्पतरु पुरस्कारको अक्षयकोषमा नगद १ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार नवराज पुडासैनी ‘ज्योत्सना’ को सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अग्रज साहित्यिक पत्रकार नगेन्द्र शर्मा तथा अतिथिको रुपमा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष वाजुराम पौडेल, कार्यक्रम संयोजक विमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका सचिव राजन पुडासैनी सञ्चालक रहनु भएको कार्यक्रममा वक्ताहरूले महाकवि देवकोटाले नेपाली साहित्यमा दिनु भएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रम अघि बाजागाजासहित वडा कार्यालयबाट शुरु भएको प्रभातफेरिका सहभागीहरूले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित देवकोटा पार्कमा रहेको महाकवि देवकोटाको पूर्ण कदको शालिकमा मार्ल्यापण गरेका थिए ।
माल्यार्पण पश्चात् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ कुमारी भैरव चोकमा वडा अध्यक्ष नवराज लामा र कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’ ले संयुक्त रुपमा प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































