साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शङ्खघोषका निर्देशक कृष्ण प्रधानलाई डबल सम्मान

दोस्रो दार्जिलिङ लिटरोरा फेस्टिभल २०२४ अन्तर्राष्ट्रिय कार्यक्रममा एकै खेपमा दुइ दुइवटा सम्मानले अलङ्करण गरिएको हाे।

Nepal Telecom ad

सिलीगुडी, भारत ९ । १२ । २०२४ । ‘शङ्खघोष न्यूज च्यानेल’ का निर्देशक तथा हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई एकैपटक दुइवटा सम्मानले अलङ्करण गरिएकाे छ ।

सिलिगुड़ी (भारत)को बङ्गाली साहित्य संस्था केयर अफ दार्जिलिङ (संवाद, साहित्य अऩि अनुसन्धनात्मक पत्रिका र सिलिगुड़ीले दोस्रो दार्जिलिङ लिटरोरा फेस्टिभल २०२४ अन्तर्राष्ट्रिय कार्यक्रममा एकै खेपमा दुइ दुइवटा सम्मानले अलङ्करण गरिएको हाे।

भारतमा बसी शङ्घोषलाई मार्गदर्शन गरिरहनु हुने अऩ्तर्राष्ट्रिय ख्यातिप्राप्त साहित्यकार कृष्ण प्रधानले बङ्ला साहित्यलाई पनि नेपाली साहित्यसित जोड़्ने काम गरेकोमा र नेपाली साहित्यमा अनवरत् योगदान पुऱ्याए वापत यी दुइ वटा सम्मान एकै खेपमा प्रदान गरिएको हो ।

यी दुई दुईवटा सम्मानले श्री प्रधानको पुरस्कार तथा सम्मानको सङ्ख्या १७५ वटा पुगेको छ।

हाम्रो शङ्खघोषका निर्देशक अनेपाली साहित्य समाजबाट सम्मानित हुनुभएकोमा शङ्खघोष परिवार उहाँलाई हार्दिक बधाईका साथै शुभकामना प्रकट गरेकाे छ ।

फित्काैली डटकममा दर्जनाै हास्यव्यङ्ग्य सामग्री प्रविष्ट भइसकेका हास्यव्यङ्ग्य स्रष्टा कृष्ण प्रधानलाई फित्काैलीकाे पनि हार्दिक बधाई ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x