
गजलकार जुमन किरणको ‘मौन आवाज’माथि परिचर्चा
समीक्षक प्रा.डा.नारायण गैरेले कृतिमाथि समीक्षात्मक टिप्पणी राखे। वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ललितपुर, २०८१ माघ २८ । गजलकार जुमन किरणको गजलकृति ‘मौन आवाज’माथि परिचर्चा कार्यक्रम महालक्ष्मी साहित्य समाज ललितपुरले सोलमारी रेस्टुरेन्ट एन्ड मिटिङ इमाडोलमा आयोजना गर्यो ।
वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि पौडेलले हुने विरुवाको चिल्लोपात भनेझैँ जुमनमा गजल सिर्जनाको सम्भावना सुन्दर देखिएको उल्लेख गर्दै गजलले विविधतालाई स्विकार गरेको बताए।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपालीले जुमनका गजल मूलत: सामयिक दृष्टिभाव र चेतनायुक्त रहेको बताउँदै ‘मौन अावाज’मा अनेकौँ भावहरू रहेको बताए । यसैगरी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभासदस्यद्वय चेतनाथ धमला,र पञ्चकुमारी परियार ,वरिष्ठ कथाकार धुव्र मधुकर्मी र सुसेली साहित्य प्रतिष्ठानका उपाध्यक्ष रजनी खत्री लगायतले शुभकामना मनतव्य राखे।
यसैगरी मौन आवाज गजलकृतिको समीक्षा गर्दै समालोचक डा.नारायण गैरेले ‘काफियाहरू पुनरावृत्ति भएका छैनन् , विषयगत विविधताका सन्दर्भहरू जोडिएर गजल आएका देखिन्छन् । जुन भोगाइ,अनुभव र अनभूतिहरू गजलमा प्रशस्त आएको बताए । यसैगरी समालोचक प्रभातीकिरणले गजलकार जुमनमा शब्दभण्डार बलियो रहेको चर्चा गर्दै कतिपय गजल लयबद्द रहेको उल्लेख गर्न भ्याए ।
कार्यक्रममा जुमन किरणकृत गजलसङ्ग्रह ‘मौन आवाज’बाट शेखरअाचार्य ,सुशान्त केसी ‘अभिशान्त’ र रुबिना रानाले एक एकवटा गजल वाचन गरे ।महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष तथा गजलकार जुमन किरणले धन्यवाद ज्ञापनसहित आफ्नो मनतव्य राखिन्।
समाजकाअर्का सदस्य विनोद खत्री आकाशले स्वागत मन्तव्य राखे।कार्यक्रमको सञ्चालन समाजका सदस्य पुरुषोत्तम बस्नेतले गरे।
०००
Subscribe
Login
0 Comments
Oldest