
प्रगतिशील लेखक सङ्घ तेहथुमको तेस्रो जिल्ला अधिवेशन सम्पन्न
धिवेशनबाट दयासागर दुंगेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन भएको हो ।

तेह्रथुम, २०८१ माघ २८ । प्रगतिशील लेखक सङ्घ, तेह्रथुमको तेस्रो जिल्ला अधिवेशन तेहथुम बहुमुखी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट दयासागर दुंगेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन भएको हो ।
उपाध्यक्षमा रोशन यात्री, सचिव दिलकुमारी बुढाथोकी, सह सचिव छविमाया तिम्सिना र कोषाध्यक्षमा योगेश काफ्ले रहनुभएको छ । यसैगरी सदस्यहरूमा विजय सागर सुब्बा , वासुदेव बराल, यशोदा निरौला , डिल्लीराम घिमिरे, मनोज आचार्य, सूर्यबहादुर साँवा यशोदा तिवारी, यशोदा विक चयन हुनुभएको छ ।
निर्वाचन मण्डलमा साहित्यकार भीम घिमिरेको संयोजकत्वमा सदस्यहरू प्रेम पौडेल र गणेश विमिली रहनुभएको थियो ।
तेस्रो अधिवेशनबाट निवर्तमान अध्यक्ष बन्नुभएका देवी संग्रौलाले नवनिर्वाचित अध्यक्ष ढुंगेललाई माइन्युट हस्तान्तरणसहित निवर्तमान अध्यक्ष संग्रौलालाई अध्यक्ष दुंगेलले तेह्रथुमे ढाका टोपी मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । प्रगतिशील लेखक संघ कोशी प्रदेशका अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रलेस कोशी प्रदेश उपाध्याक्ष दिनेश थापा प्रणामी माविका प्रधानाध्यापक अमृतबहादुर बुढाथाकी उद्योग वाणिज्य संघ आठराईका अध्यक्ष प्रेम पौडेल प्राध्यापक चक्रपाणि भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठन आठराईका अध्यक्ष विनोद निरौला लगायतले शुभकामना मन्तव्य राख्नु भयो । प्रमुख अतिथि तिलालेकाली विशिष्ट अतिथि दिनेश थापा र साहित्यकार माया मितु, खगिन्द्रा खुशीलाई मायाको चिनो प्रदान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा साहित्यकारहरुले साहित्यिक रचना वाचन गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष दुंगेलले जिल्लामा क्रियाशील कवि, कथाकार एवम् लेखकहरुलाई विभिन्न कार्यक्रमहरुमा सहभागी गराई प्रगतिशील लेखकहरुलाई एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रगतिशील साहित्यकार पत्रकार प्राध्यापक विभिन्न विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
०००
– तिला लेकालीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest