साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीको साहित्यिक वनभोज सम्पन्न

सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सहभागी कवि साहित्यकारहरूमा स्वागत तथा धन्यवादका साथ वनभोजको आयोजना गर्नुको औचित्य उल्लेख गर्दै कार्यक्रम शुरू भएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाै, २०८१ माघ २६ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही वृहत् वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संयोजन तथा संरक्षक चन्द्रा न्यौपाने, महासचिव दामोदर ढकाल दिपक, कोषाध्यक्ष कृष्ण केसी, सुसेली अभियन्ता विमला ढकालको प्रत्यक्ष अग्रसरतामा बालाजु बाईसधाराको २ नम्बर वनभोज स्थलमा भएको यो वनभोज कार्यक्रममा करिब १०० जना वरिष्ठ तथ विशिष्ट कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सहभागी कवि साहित्यकारहरूमा स्वागत तथा धन्यवादका साथ वनभोजको आयोजना गर्नुको औचित्य सहित सुसेलीका बारेमा प्रकाश पार्दै औपचारिक वनभोज कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।

वनभोज कार्यक्रममा उपस्थित कवि, साहित्यकार, गीतकार, कलाकारहरूले सुसेली लगायतका आफ्ना सिर्जना वाचन गायन गर्दै आफ्नो प्रतिभाको प्रदर्शन गर्नुभएको थियो भने कलाकारहरूले आफ्नो कलाकारीता देखाउनु भएको थियो । कवि बलराम दाहाल र कवि भैरवी भूगोलले उत्साहजनक घैँटो फुटाउने खेल खेलाउनु भएको थियोे । जुन खेलले वनभोजको माहोललाई करिब एक घण्टा उत्साहित बनाएर रौनक थपेको थियो ।

आसन ग्रहण, मन्तव्य, बक्तव्य, शुभकामनाका भाषण नभएको यो औपचारिक कार्यक्रममा, यसको सट्टा नाच्ने गाउने पार्कमा डुल्ने फोटो भिडियो खिच्ने क्रियाकलापहरू अत्यन्तै उत्साहजनक तवरमा भएका थिए । बिहान नौ बजे सुरु भएको यो वनभोजमा आउने सहभागीलाई जाम पाउरोटी र चियाले स्वागत गरिएको थियो भने दिउँस १.३० बजे खानाको व्यवस्था गरिएको थियो ।

अत्यन्तै मनमोहक स्थल र मनोरञ्जनात्मक कार्यक्रमलाई छोड्न नचाहाँदा नचाहँदै दिनको चार बजे बालाजु बाईसधारा बाट सहभागीहरूले आयोजकलाई अर्को वर्ष यस्तै वनभोजको आयोजना गर्ने बाचा गराउँदै जय सुसेलीको नाराका साथ विदा हुनुभएको थियो ।

०००
– दुर्गा अधिकारी भमरकोटेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x