
सुसेलीको साहित्यिक वनभोज सम्पन्न
सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सहभागी कवि साहित्यकारहरूमा स्वागत तथा धन्यवादका साथ वनभोजको आयोजना गर्नुको औचित्य उल्लेख गर्दै कार्यक्रम शुरू भएकाे थियाे ।

काठमाडाै, २०८१ माघ २६ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही वृहत् वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संयोजन तथा संरक्षक चन्द्रा न्यौपाने, महासचिव दामोदर ढकाल दिपक, कोषाध्यक्ष कृष्ण केसी, सुसेली अभियन्ता विमला ढकालको प्रत्यक्ष अग्रसरतामा बालाजु बाईसधाराको २ नम्बर वनभोज स्थलमा भएको यो वनभोज कार्यक्रममा करिब १०० जना वरिष्ठ तथ विशिष्ट कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सहभागी कवि साहित्यकारहरूमा स्वागत तथा धन्यवादका साथ वनभोजको आयोजना गर्नुको औचित्य सहित सुसेलीका बारेमा प्रकाश पार्दै औपचारिक वनभोज कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।
वनभोज कार्यक्रममा उपस्थित कवि, साहित्यकार, गीतकार, कलाकारहरूले सुसेली लगायतका आफ्ना सिर्जना वाचन गायन गर्दै आफ्नो प्रतिभाको प्रदर्शन गर्नुभएको थियो भने कलाकारहरूले आफ्नो कलाकारीता देखाउनु भएको थियो । कवि बलराम दाहाल र कवि भैरवी भूगोलले उत्साहजनक घैँटो फुटाउने खेल खेलाउनु भएको थियोे । जुन खेलले वनभोजको माहोललाई करिब एक घण्टा उत्साहित बनाएर रौनक थपेको थियो ।
आसन ग्रहण, मन्तव्य, बक्तव्य, शुभकामनाका भाषण नभएको यो औपचारिक कार्यक्रममा, यसको सट्टा नाच्ने गाउने पार्कमा डुल्ने फोटो भिडियो खिच्ने क्रियाकलापहरू अत्यन्तै उत्साहजनक तवरमा भएका थिए । बिहान नौ बजे सुरु भएको यो वनभोजमा आउने सहभागीलाई जाम पाउरोटी र चियाले स्वागत गरिएको थियो भने दिउँस १.३० बजे खानाको व्यवस्था गरिएको थियो ।
अत्यन्तै मनमोहक स्थल र मनोरञ्जनात्मक कार्यक्रमलाई छोड्न नचाहाँदा नचाहँदै दिनको चार बजे बालाजु बाईसधारा बाट सहभागीहरूले आयोजकलाई अर्को वर्ष यस्तै वनभोजको आयोजना गर्ने बाचा गराउँदै जय सुसेलीको नाराका साथ विदा हुनुभएको थियो ।
०००
– दुर्गा अधिकारी भमरकोटेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest