साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

बाख्रा खसी र कुखुरा अनि फेरि गाई भैँसी समेत रहँदा अनि गोठ धायी ढ्रुङ्ग्रो भरिन्छ दुधले जब खान पाए के हुन्न यो मुलुकमा पसिना बगाए ।।

Nepal Telecom ad

कविराज घिमिरे :

माटो छ उर्वर यहाँ जब बीज रोप्ता
उम्रिन्छ खास दिनमा श्रम नित्य चोप्दा
थारै रहन्न बिरुवा जल खाद पाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? १

बारी छ खेत गहिरी लटरम्म फल्ने
कोदो र धान गहुँको छ मकै सुसेल्ने
छन् कर्मशील वय जो अगुवा उदाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? २

लत्रक्क झुल्दछ यहाँ रमणीय बाला
फल्छन् अनेक फल ती रसनीय खाँदा
छन् वृद्ध तेज असली फल जो छ खाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ३

छिन् पूर्ण जूनसरिकी जननी खुसीमा
त्यस्तै पिता पनि रहे अति स्वस्थतामा
आनन्द मान्दछु म ता मन यो हँसाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ४

बाख्रा खसी र कुखुरा अनि फेरि गाई
भैँसी समेत रहँदा अनि गोठ धायी
ढ्रुङ्ग्रो भरिन्छ दुधले जब खान पाए
के हुन्न यो मुलुकमा पसिना बगाए ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x