फित्काैली डटकमविश्व नेपाली साहित्य महासंघकाे विशेष काव्य गोष्ठी
वरिष्ठ साहित्यकार डा.गोविन्दमान सिं कार्कीकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम सम्पन्न भएकाे हाे ।

काठमाडाैं । विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखाले १ अप्रिल २०२६ लाई स्वागत गरि विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ ।
विनेसाम काठमाडौ जिल्ला शाखाका अध्यक्ष, खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ साहित्यकार डा.गोविन्दमान सिं कार्कीकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आजका कविता जोसिला र दर्विलो देखें सुनेँ, गरिमामय कार्यक्रम भयो । भर्चुअल कार्यक्रमले अन्तराष्ट्रमा रहनुभएका संग पनि नजिक बनाएको छ हामीले पनि साहित्यमा क्रान्ति गर्नु पर्छ विश्वलाई नयाँ प्रविधिमा जोडेर भन्नु भयो ।
कविता, मुक्तक,चारु, खोरिया, आदि नया लघुत्तम विधाका कविताहरू आए, उत्कृष्ठ कवि गोष्ठी भयो भन्नु हुँदै जनार्दन धड्कनको साहित्यको विकासमा सह्रानिय योगदान छ भन्नु हुँदै राष्ट्रिय भावको जोसपूर्ण इतिहास बोकेको कविता सुनाउनु भयो ।
कवि पवन बुढाथोकीको सफल उद्घोषणबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु तोयानाथ सुवेदी, संगिता खरेल, कल्पना मरासिनी, गीता खनाल, द्वारिका कुईंकेल, सुधा बास्कोटा ढकाल, इन्दिरा ढकाल, संगिता ठाकुर, बिनुबाबा घिमिरे, लगायत १४ जना साहित्यकारहरूले रचना वाचन गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघका काठमाडौ जिल्ला अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्दै विभिन्न भाकामा खोरिया गायन गर्नुभएकाे थियाे ।
उहाँले प्रमुख अतिथि कार्की लगायत सम्पूर्ण उपस्थित साहित्यकारहरुमा धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































