साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाविनाको घर

बच्चाको छ बिजोग छैन तिनमा आशा भरोसा रस को भन्ला 'खतरा छ बाहिर तिमी आएर भित्रै बस ।' आमाको अभिभावकत्व नहुँदा नैराश्य चिन्ता डर 'साहारा मरुभूमि' तुल्य छ कठै । आमाविनाको घर ॥

Nepal Telecom ad

वासुदेव पाण्डेय :

जन्मी बाँच्न सिके जुधे प्रकृतिको यो घामपानी सहे
आमाको अवसानबाट निजका सन्तान एक्ला भए ।
देख्दा हालत दीनहीन यिनको चस्किन्छ छाती तर
न्यास्रो, शून्य, मसानतुल्य छ कठै ! आमाविनाको घर ॥

के-के छैन मिलेन के कति कुरा पाइन्न मेसो पनि
नाना भोजन भित्र बाहिर सबै को हेर्छ आमा बनी ।
को भन्ला अब पर्ख भोजन तथा आराम केही गर
साँच्चै दीन विवेकहीन छ कठै ! आमाविनाको घर ॥

मौरीको जुन हुन्छ हालत फुटे या एक रानो मरे
सामग्री असरल्ल छन् घर भयो साँच्चै बिरानो हरे ।
आमाझै मृदुशब्दले हरघडी को भन्छ ‘आऊ वर’
साँच्चै निर्जन शून्य लाग्दछ कठै ! आमाविनाको घर ॥

आमासाथ भए हुँदैन कहिले, केही कुराको कमी
छामेमात्र निधार कुन्नि कसरी हुन्थ्यो व्यथामा कमी ।
माया-प्रेम, तटस्थता र ममता, औदार्यकी सागर
साँच्चै नीरस चाडतुल्य छ कठै । आमाविनाको घर ॥

बच्चाको छ बिजोग छैन तिनमा आशा भरोसा रस
को भन्ला ‘खतरा छ बाहिर तिमी आएर भित्रै बस ।’
आमाको अभिभावकत्व नहुँदा नैराश्य चिन्ता डर
‘साहारा मरुभूमि’ तुल्य छ कठै । आमाविनाको घर ॥

०००
सुर्खेत
दुलही (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चमत्कारी ‘च’

चमत्कारी ‘च’

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x