सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अशुभ काम ना

चाडपर्वको दिन एकाबिहानै कागले कराएको सुनेर दुई चार मानिस आए र गुलेली तानेर कागलाई भगाए । मानिसलाई लाग्यो - कागले अशुभ बोलिरहेको छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

झट्ट हेर्दा उस्तै लाग्ने काग र कौवा एकै जातिका दुई प्रजाति हुन् । मानिसलाई जस्तै यिनीहरूलाई पनि आफ्नो जातिमाथि घमण्ड छ । दुवै आफूलाई ठूलो ठान्छन् र आफ्नै बुद्धिले तर्क छान्छन् ।

एक जोडी काग र एक जोडी कौवाले एउटै रुखमा गुँड लगाए । एकअर्काको छिमेकी भएपछि रिस गर्नु स्वाभाविक हो । देखावटी मेल तर भित्रभित्रै झेल गरेर घरमा हुँदा एकले अर्को परिवारलाई सम्मान र बाहिर अरुसित भए नभएको सबै आलोचना सुनाउँथे । आफ्नो इज्जत ठूलो र उसको इज्जत लुलो देखाउने अभियानमा कोही कम थिएनन् ।

अन्डा पार्ने बेला आयो । कौवाले आफ्नी दुलहीलाई घिउ र नारियल पानी दिन थाल्यो । छोरा गोरा र छोरी गोरी पाउने लालसाले । छिमेकी कागले पनि त्यहीँ गर्न थाल्यो ।

एक दिन बिहान कुनै ठूलो पर्वको दिन थियो । कागले भन्यो – ए कौवा, तिमीलाई विशेष शुभकामना । अनि मनमनै कामना गर्‍यो – कुनै काम शुभ नहोस् ।
कागको शुभकामना थाप्दै कौवाले बोल्यो – अशुभ काम ना ।
के भनिस् ? – कागले जोरले करायो ।

कौवाले विस्तारै डराएको जस्तो बोल्यो – आजको दिन कुनै अशुभ काम नहोस्, अशुभ काम ना ।
मैले तिमीलाई शुभ भन्ने तर तिमीले मलाई अशुभको कामना गर्ने ?- अझ कर्कश स्वरमा करायो बलियो छिमेकी मानिसले कमजोरलाई हप्काएजस्तै ।

चाडपर्वको दिन एकाबिहानै कागले कराएको सुनेर दुई चार मानिस आए र गुलेली तानेर कागलाई भगाए । मानिसलाई लाग्यो – कागले अशुभ बोलिरहेको छ ।
भनिन्छ, त्यसै दिनदेखि मानिसले कागको बोली मन पराउँदैन । कौवाको बोलीलाई शुभ मान्दछ ।

०००
२१ माघ २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा