सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताज्यू अझै अग्लाे बन्ने हाे ?

जनता भेडो हैनन्, जनताले धेरै शासकको उचाई नापेर धुलाम्य बनाएका उदाहरण इतिहासमै छ तर हुँटिट्याउँले आकाश थाम्छु भनेर हुँदैन कि ? भन्नुस नेता ज्यू अब कति सम्म तपाईको उचाई लम्ब्याउने हो ?

Nepal Telecom ad

विश्व विनाेद :

खै उ बेलामा हाम्रो घरमा आउँदा त तलै बस्न खोज्नु हुन्थ्यो , भान्सामा लैजादा पनि तल बसेर खानु पर्छ भन्ने तपाईको महान अभिब्यक्ति हुन्थ्यो । सबै समान हुने भनेर हजुरले आदर्शको रटान लगाएको धेरै भएको छैन । हिजै अस्ति जस्तो लाग्छ । सामान्य जिवन शैली हुनुपर्छ, पुँजीबादको अन्य गर्नु पर्छ, सादा जीवन उच्च बिचारमा अडिग हुनु पर्छ भन्ने यहाँको कुराले हाम्रो घर परिवारलाई निकै मन परेर समर्थन गरेको थियो ।

सादगी जीवनले नै देशको उन्नती प्रगती गर्ने कुरा यहाँले गर्नु हुन्थ्यो । यहाँका कुरामा उलट पुलट अनि अग्रगामी छलाङ जस्ता शब्दको बर्षा नै हुन्थ्यो । वाह, तपाईको कुरा सुनेर त्यो बेला मेरो बाले काँधमा राखेर बोक्न खोज्दा तपाईले भन्नुहुन्थ्यो — मलाई हजुरहरुको साथले नै अग्लो बनाएको छ, म अग्लिनु हुन्न बरु महान नेपाली जनता अग्लिनु पर्छ । नेपाली जनताको अग्लाई अर्थात उचो पन नै उहाँले राजनीतिक लक्ष्य राख्नु भएको थियो ।

आजकल उहाँ उच्च पदमा आसिन हुनुहुन्त । तर तपाईको अग्लोपनमा मलाई हिनता बोध भै रहेछ नेता ज्यू । तपाईले आजकल कार्यकर्ता चिन्न छोड्नु भएको छ । सायद तपाईको र आम कार्यकर्ताको उचाई नमिलेर होला । हात्तिछाप चप्पल लगाएर हिड्ने तपाई आजकल उचाई नमिलेर होला सरकारी गाडी हुत्तिनु भएको छ । तपाईका गोडामा बिदेशी छालाका जुत्ता टल्किएकै छन् भलै स्वदेशी आत्मनिर्भरताको कुरा तपाईले गर्नु भएको होस् ।

सायद तपाईको अहमताको उचाई नपुगेर हो कि किन हो , तपाई नाङ्गो खुट्टाले हिड्न रुचाउने मानिस शाही शैलीमा किन रेड कार्पेटमा हिड्न खोज्नु भएको हो ? अझ बिभिन्न कार्यक्रममा बिभिन्न शैलीमा तपाईको सलामी खाने बानीले तपाईको उचाई आजकल जनताले नापिरहेका छन् ।

पिर्के सलामी किन लिनु भएको हो हँ ? के पिर्के सलामीले तपाईको उचाई बढ्छ हो ? अझ टेबुल माथि चढेर सलामी लिनु भएछ ? टेबुल मानिस उक्लेर सलामी लिनको लागि हो र महाशय ? तपाईलाई चुनावमा जिताउँदा त्यत्रा जनताले काँधमा बोकेर उचाई बढाएको सर्लक्क बिर्सनु भो हैन ? अनि तपाईलाई त्यही बेला जनताले त्यत्रो जयजकारको सलामीले पुगेन है ? अझै तपाईलाई पदको दुन्दुभी छ हैन ? करौडौको गाडीमा चढेर तपाईको उचाई बढेको होला र ? लाखौंको खाटमा सुतेर भुँईको चकटीको सुताईबाट तपाईको उचाई बढ्यो हैन र ? अनि लाखौ पर्ने महल तपाईले बनाउँदा अनि तपाई जस्तै नेतृत्व वर्गले भाडामा लिँदा तपाईको उचाई बढ्यो हैन ? पक्कै बढेको हुनु पर्छ किनकी तपाई सेल्टर बसेको घरका मानिस उही अबस्थामा छन् तर तपाई राजनीतिकै कारण त्यत्रो महल बिना जागिर ठड्याउनु भयो । वाह, झुप्रो र चार पाँच तले महलको उचाई अब फरक छ नि हैन र ?

हैसियत बिर्सेर उचाई नाप्ने तपाई जस्ता महान सर्बहारालाई जनताले पनि उचाई नाप्ने साधनका साथ बसेका छन् । जनता भेडो हैनन्, जनताले धेरै शासकको उचाई नापेर धुलाम्य बनाएका उदाहरण इतिहासमै छ तर हुँटिट्याउँले आकाश थाम्छु भनेर हुँदैन कि ? भन्नुस नेता ज्यू अब कति सम्म तपाईको उचाई लम्ब्याउने हो ? याद राख्नुस् आगामी चुनावसम्म त नक्कली उचाई बढाउनुस् त्यसपछि हिसाव किताब गरुँला कारण कुनै उचाईको अवसान हुन्छ, चाहे त्यो राजनीतिक, धार्मिक या सामाजिक अबसान । तपाईको उचाईलाई राजनीतिक उत्थान सँग मात्र नजोड्नुस्, पतन पनि वश्यंभावी छ । के अझै अग्लो बन्ने रहर हो र नेताज्यू ? एक पटक सोच्नुहोस् है । तारेमाम् !

०००

बेशीसहर, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा