साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोज्याङ्ग्रेको गुँड

केही नलागेमा खरानी घस । कुम्लो कुटुरो कस, सहर बजार पस । हातमा चिम्टा, त्रिशुल, डमरु लिएर बम शम्भो गाँजा कम भो पेटमा दम भो भन ।

Nepal Telecom ad

ऊ निरासिएर गोज्याङ्ग्रिएको एक दशकभन्दा बढी भयो । तर जाबो एउटा गुँडसम्म बनाउन नसक्दा बच्चाबच्चीको बिल्लीबाठ भएको छ । चराको झैँ रुखका हागामा वा पोथ्रापोथ्रीमा वा हुट्टिट्याउँले झैँ जमिनमा जहाँ पायो त्यही गुँड बनाउने मुँड पनि बन्दैन । गुँड बनाउने मुँड नचलेको भने होइन तर चराले झैँ झ्याँस कसिङ्गर माटो जम्मा गरेर राखे पनि त्यो हावाले उडाएर पानीले गलाएर म गोज्याङ्ग्रेलाई नै थला पारिदियो । थला परेको मान्छे त्यो माथि पनि आफू गोज्याङ्ग्रे भएकोले कहाँ के गर्ने कसरी गुँड बनाउने सामग्री जम्मा गर्ने भन्ने कुरोको भेउ यो लेउ लागेको दिमागमा पसेन । जसले गर्दा गोज्याङ्ग्रेको बास साथी भाइको आसपास पनि नहुने भएपछि ऊ वाइपास भयो ।

बिचरा सबैवाट वाइपास भएको गोज्याङ्ग्रे विशाल छानो भएको घरमुनि हिउँद वर्षा हावाहुरी केही नभनी आनन्दले वर्षौ वर्ष बितायो । आफ्नो भएको घर भुक्मपले भत्काइ दियो । खेतबारी सबै बाढी पहिरोले बगायो । घरको न घाटको भएर गोज्याङ्ग्रेको सात्तो बोलाउनु पर्ने भयो । सात्तो बोलाउने धामी झाक्रीको अभाव भयो । बिचरा घामपानीबाट जोगिन नसकेर रुखको फेदमा सहारा लिएर बसेको जग्गा जमिन घर बाढी पहिरोले बगाएर धनाढ्य रोडपति बनेको गोज्याङ्ग्रेको बेहाल भयो । त्यत्रो रोडपति सम्पतिको मालिकको अहिले सात्तो गएर विध्वंस भएको छ ।

गोज्याङ्ग्रेको सात्तो बोलाउन धेरैले प्रयास गरे । धेरै थरिका मादल बजाउने आए गए । कोही डमरु, डम्फू बजाउने आए । कोही झ्याली पिट्ने आए । कोही खैजडी लिएर किर्तन मण्डली सहित आए । कोही ढोलक लिएर आए कोही बाँसुरी, नरसिंह, सनाई, ट्याम्को लिएर आए । तर कसैले पनि गोज्याङ्ग्रेको सात्तो बोलाउन सकेनन् । जो जो आएका थिए सबैले दिउसै सपना देखाएर, आश्वासनको बाँडेर गए । गोज्याङ्ग्रेको अवस्था १५बाट बढेर २० पुग्यो । आम्दानीको नाममा घरमा मुसा समेत रुन थालेका थिए ।

काम गरु भने हुकुम्बासीको देशमा सुकुम्बासीले काम पाउने कुरै भएन । राज्यको दायित्व भनेको रोग, भोक, शोक, शिक्षा, स्वास्थ्य, बेरोजगार समस्या बढाउनु हो । गफले सबै खाले समस्याको समाधान गरिदिनु हो । गफले देश अमेरिका, सिंगापुर, स्वीटजरल्याण्ड, बेलायत सबै बनिसकेको छ । अब मरुभूमि बन्न बाँकी छ, त्यो पनि सायद अब छिट्टै बन्ने तयारीमा छ । कुन दिन कुनचाहिँ कान चिरेकोले नेपाल विकास हुँदाहुँदा मरुभूमि भएको घोषणा गर्छन् अनि काम नै खन्त्या खलाँस हुन्छ र सबैलाई हाइसञ्चो । अनि बनाउँछ गोज्याङ्ग्रेले पनि कुन चाहिँ खोलाका किनारामा गुँड र चल्ला बचेरालाई भित्र्याउँछ ।

वर्षौ भयो गोज्याङ्ग्रे खोलाका किनारामा आकासको छानोको दरबारमा बिराजमान भएको । गोज्याङ्ग्रे जस्ता हजारौँ अन्य गोज्याङ्ग्रेहरू बगरमा दरबार बनाएर घरबारका रूपमा टाउको लुकाउन सकसपूणर् तवरले बसेका छन् । यस्तो गजब तरिकाले आनन्दले बसेकालाई राज्यले व्यवस्थापन किन गर्नु पर्‍यो र ? आखिरीले राज्यले दिएको आश्वासनमा र सपनामा पौडी खेल्न पाएकै छन् । अर्कोतिर चुनावका बेलामा विभिन्न दलका जनता दल्न पल्केका टाउके ठेउकेहरूले पनि गफको पोको डोकोको डोको बाँडेकै छन् । गोज्याङ्ग्रे जस्ता भोकाहरू आकासको छानोबाट खसेको शीत, पानी, हावाहुरी खाएर मोटाएकै छन के रे ? यस्तालाई आहत नै काफी छ किन चाहियो सरकारी राहत ? भन्ने सोंचमा स्थानीय निकाय पुगेको थियो ।

तर एक्कासी स्थानीय निकायको मनमा राहत वितरण गर्ने सोच आयो र डोजर लिएर राहत वितरण गर्न बागमती किनारतिर लागे जनप्रतिनिधिहरू । धमाधम राहत वितरण गरे डोजर लगाएर । राहतले भताभुङ्ग भएको घरटहराको महलमा चहल पहलका साथ लथालिङ्ग पारामा यो ठिहीमा इहिहिही….. हिही गर्दै बिचरा रोडपति धनाढ्य गोज्याङ्ग्रे र अन्य गोज्याङ्ग्रेहरू आँखाबाट अमूल्य हाँसो फुत्काउँदै फेसबुकका भित्तामा टेलिभिजनका पर्दामा आफ्नो मुटुमाथि ढुङ्गा राखेर चिच्याइरहेका छन् । गुँड बनाउने मुडमा सुँढ पसारिएको छ । पशुका पतिले बत्ती बालेर पनि जमानादेखि पसारिएको सुँढ बसाउन सकेनन् । मानवता हराएको दानवको वंशले अंश लिन आयो भनेर गोज्याङ्ग्रे लगायतका अन्य गोज्याङ्ग्रे र सद्देहरूलाई पनि गरिखान, बसिखान, उठिखान मानव अधिकारको पालना गरेका छन् । आँखाबाट निस्किएको नुनिलो पानीखान र आफ्नै पसिना खान पाउने अधिकार डोजरमा प्रत्यायोजन गरेका छन् । आ हा ! कति राम्रो काइदा जनप्रतिनिधिलाई फाइदै फाइदा । दल दलको छलफल स्वार्थ सिद्धिको मलजल ।

हे गोज्याङ्ग्रे हो अब ट्वाँ पर बस । केही नलागेमा खरानी घस । कुम्लो कुटुरो कस, सहर बजार पस । हातमा चिम्टा, त्रिशुल, डमरु लिएर बम शम्भो गाँजा कम भो पेटमा दम भो भन । बम भोले पाए खाऊ खोले नपाए जाउ झोले । एकले अर्कालाई पोले । दसतिरका कुरा घोलेर निचोरनाचर पारे अनि एकले अर्कालाई टाउकामाथि बजारे । जय शम्भो हास्य कम भो व्यङ्ग्य बढी भो गोज्याङ्गे्रलाई दम भो ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x