कृष्ण प्रधानसम्झौता
(प्रेमलाल सधैं झैं घोप्टो पर्छ । साहेब चूपोलागि कुर्सीमा बसिरहन्छ ।) प्रेमलाल : (घोप्टो परेको अवस्थामै) सर...छिटो न आजको तपाईको खुराक पूरा गरिहाल्नोस् । तपाईको लात खाने कस्तो तलतल लागिसक्यो ।

कृष्ण प्रधान :
पात्रहरू – साहेब, प्रेमलाल, मेमसाहेब (राधा)
दृश्य विवरण– नेपत्यिका – कुनै एउटा सरकारी कार्यालयमा कार्यरत् प्यून प्रेमलालले साहेबको धरको जम्मै काम (नानी स्कूल पुर्याउनु, बजार, कुकुर नुहाइदिनु आदि) गरिदिन्छ । उसको काम गराइप्रति मेमसाहेब धेरै खुसी छिन् । साह्रै माया पनि गर्छन् । तर त्यसको ठिक विपरीत साहेबले भने कार्यालयमा प्यून प्रेमलाललाई दिनमा एकचोटि घोप्टो पारेर लात हानेनन् भने उनलाई सन्तोकै लाग्दैन । फेरि प्रेमलाललाई पनि साहेबको एकचोटि लात खाएन भने सन्तोकै लाग्दैन । लात हान्ने र लात खाने क्रम वर्षौदेखि चलिआएको छ । यो कुरो एकदिन मेमसाहेबले थाहा पाउँछिन् । साहेबलाई भक्कु हपार्छिन् ।
(समय – साँझ पख । सुत्ने कोठामा भनावैरी चलेको दृश्य ।)
मेमसाहेब : हन तपाईलाई लाज शरम केहगी छैन हई ।
साहेब : किन के भयो ? मैले लाज शरम पच्ने खाल्को काम नै के गरे र ?
मेमसाहेब : के गर्नुभएन त्यो सोंच्नोस् पहिला ।
साहेब : हेर म एकजना सिनियर अफिसर मान्छे । जे पनि गर्छु सोंचेर बुझेर गर्छु ।
मेमसाहेब : अफिसभित्र तपाईँले जे गरिरहनुभएको छ नि त्यो पनि सोंचेर-बुझेर नै गर्नुहुँदैछ होइन ता ? पावर भयो भन्दैमा मोनोपोली ता गर्नुहुँदैन नि हौ ।
साहेब : हेर राधा ! म एउटा सरकारी अफिस,को सुप्रिण्टेण्डेण्ट हुँ । धेरै भोटो फटाइसकेको छु । जे गर्छु बुझेर, सोंचेर, घोत्लेर गर्छु ।
मेमसाहेब : ए हो ? अफिसमा तपाईले जे गर्नुहुँदैछ नि द्याट इज इल्लिगल ।
साहेब : ओ ङो ! प्लिज एक्सप्लेन क्लियरली डार्लिङ ।
मेमसाहेब : अच्छा हु इज प्रेमलाल ?
साहेब : मेरो प्यून । मेरो दाहिने हात ।
मेमसाहेब : एकाबिहानै तपाईको घरमा आएर कुकुर डुलाउने, नानीलाई स्कूल पुऱ्याउने, बजार गरिदिने को हो ?
साहेब : (गर्वसाथ) मेरो प्रेमलाल । र ता मैले त्यसलाई कस्तो ट्याक्टिक्स गरेर एपोण्टमेण्ट दिएको ।
मेमसाहेब : यस यस प्रेमलाल । यूर प्यून । यूर राइट ह्याण्ड । बाईचान्स भोलिदेखि प्रेमलाल तपाईको घरमा आउनु छोड़्यो भने के हुन्छ ?
साहेब : हाम्रो जहाज डुब्छ नि । हाम्रो दाहिने हात भाँचिएकै बराबरी हुन्छ ।
मेमसाहेब : यू नो एनिथिङ्ग ? बट् हजूरले त्यो प्रेमलालाई अफिसमा एभ्रिडे लात हान्नुहुन्छ ।
साहेब : अप्पुई !
मेमसाहेब : यस नो मा एन्सर । नो अप्पुई नो आम्बो ।
साहेब : (मुण्टो हल्लाउँदै) यस ।
मेमसाहेब : बट ह्वाई ?! डू यू नो दिस इज इल्लिगल ?!
साहेब : होइन….
मेमसाहेब : तपाईलाई मेरो लाष्ट वार्निङ पापा ?! भोलिदेखि प्रेमलाललाई लात हानेको थाहा पाए भने म यो घर छोड़ेर जान्चु । अण्डरस्टाण्ड ? ? (साहेब सामान्य मुण्टो हल्लाउँछ मात्र )
(ध्वनि परिवर्तन)
(स्थान – साहेबको च्याम्बर । साहेब पस्ने बित्तिक्कै प्रेमलालको प्रवेश)
प्रेमलाल : गुड मर्निङ सर ।
साहेब : मुस्कुराउँदै भेरी गुड मर्निङ । (प्रेमलाल सधैं झैं घोप्टो पर्छ । साहेब चूपोलागि कुर्सीमा बसिरहन्छ ।)
प्रेमलाल : (घोप्टो परेको अवस्थामै) सर…छिटो न आजको तपाईको खुराक पूरा गरिहाल्नोस् । तपाईको लात खाने कस्तो तलतल लागिसक्यो । (साहेब जुरुक्कै उठेर आई प्रेमलाललाई च्याप्पै अँगालो मार्छ । (छक्क पर्दै) के भयो साहेब ? लात….
साहेब : (रुञ्चे स्वरमा) प्रेम ! अबदेखि म तिमीलाई कहिल्यै लात हान्दिनँ । माया गर्छु ।
प्रेमलाल : (रुँदै ) हुन्छ साहेब स्वीकार छ । तपाईले मलाई अबदेखि कहिल्यै लात हान्नुभएन भने म पनि तपाईको चियामा कहिल्यै खकार हालेर ल्याउँदिनँ ल साहेब । (दुवै रुन्छन्)
साहेब : ए… तिमीले ता मेरो चियाममा सधैं तिम्रो खकार पो हालेर ल्याउँथ्यौ ?
प्रेमलाल : (रुँदै) यस सर…..
साहेब : म ता तर् भनेर मिठो मानेर खान्थेँ ता प्रेमलाल….
प्रेमलाल : हजुर सर लातको बदलामा खकार । (मोबाइल बज्छ)
पर्दा खस्छ ।
०००
सिलगड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest








































