साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले प्रकाशक भेट्टाएँ

साँच्चै चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता मान्छेले म जस्तै अरु साहित्यकारलाई पनि यसरी नै किताब छापिदिने लोभ देखाउँदा हुन् । किनभने मलाई किताब छापिदिन्छु भन्नेले अरुलाई यो कुरा भन्दैनन् भन्ने के ग्यारेण्टी छ र ?

Nepal Telecom ad

नगिता राई लेप्चा :

Nagita Rai Lepcha

साहित्य लेख्ने बानी भएपछि पहिले पहिले पत्रपत्रिकामा रचना छपाउँने रहर लाग्दो रहेछ । पत्रपत्रिकामा रचनाहरू छापिन थालेपछि धेरै साहित्यकारहरूसित परिचय हुँदोरहेछ । परिचय पछि विभिन्न लोकार्पण निम्तो आउन थाल्दो रहेछ । शुरु शुरुमा लोकार्पणमा उपस्थित भइदिने निम्तो आउने बित्तिकै दस काम छोडेर कार्यक्रममा उपस्थिति दिन मन लाग्दोरहेछ । लोकार्पण समारोहमा उपस्थिति हुनु र विभिन्न साहित्यकारहरूसित परिचय हुँदा आफूलाई संसार नै फाँडजस्तो लाग्दो रहेछ । ठूल ठूला नाम चलेका साहित्यकारहरूसित परिचय हुनुभन्दा पनि उनीहरूसित टाँसेर जबरजस्ती घुइँचोमा पसेर फोटो खिँच्नुको मज्जा अर्कै हुँदोरहेछ । अझ ती फोटाहरू फेसबुकमा अपलोड गरेपछि लाइक कमेण्टस् आवोस् कि नआवोस् दस पल्ट प्रोफाइल हेरेर आफैँ गजक्क हुने मज्जा झन् अर्कै रहेछ ।

लोकार्पणमा गएर फोटो खिँची फेसबुकमा अपलोड गर्ने बानी लागेपछि पछि पछि लोकार्पणमा निम्तो नआए पनि अनि लोक्रार्पणमा कसैले नचिने पनि कार्यक्रम सिद्धिएर मञ्चमा एक हुद्दासित फोटो खिँचेर फेसबुकमा अपलोड गर्ने एडिक्ट नै भएको छु म । यो रोगले मलाई मलाई भेटेको हो कि अरुलाई पनि मेरै जस्तो रोगले ग्रस्त पारेको छ म भन्न सक्तिनँ । हिजोआज म कुनै पनि लोकार्पण कार्यक्रममा निम्तो नआए पनि कसैसित लेप्सो लागेर जान थालेकी छु ।

यस्तै एउटा लोकार्पण कार्यक्रममा लेप्सो लागेर म लोकार्पण थलोमा पुगेँ म । त्यहाँ गएपछि एक दुई जनासित परिचय हुनुमात्रै होइन फोटो खिँच्नेको ताँती लाग्नु स्वाभाविकै हो । मसित फोटो खिँच्नेहरूको ताँती देख्दा संसारको मजस्तै सुन्दरी अरु कोही नहोलान् भन्ने गर्वले भित्र आफै आफै गजक्क भएँ ।

यसैक्रममा एकजना साहित्यकार मसित ट्याप्पै टाँसेर फोटो खिँच्ने अनुरोध गरेँ । म नाइँ गरिनँ । मेरो त्यस्ता अत्तो न पत्तोका मान्छेसित फोटो खिँच्नुभन्दा पनि त्यो फोटो फेसबुकमा पोष्ट गर्नु थियो र मैले ती चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता अनुहार र दनुवारका मान्छेसित फ्री भएर फोटो खिँचेँ । हामीले फोटो खिँच्यौँ । त्यसपछि परिचय । उनले आफूलाई महान् साहित्यकार, समालोचक र प्रकाशकको धाँक देखाए । खुसी लाग्यो यस्ता महान् व्यक्तिसित भेटदा र परियचय हुँदा । मान्छे भने चुसिसकेको आँपको कोयाजस्तो भए पनि आफूलाई निकै हेण्डसम ठान्दा रहेछन् भन्ने उनको एटिकेट, फुर्केपनाले नै याद भयो । मलाई के को मतलब । फोन नम्बर आदानप्रदान । परिचय भएपछि ती साहित्यकारले मेरो खूब याद गरेँ । म जहाँ गए पनि मेरो पछि । उनको यो हरकत देख्दा मानौँ ऊ मेरो बोडी गार्ड नै हो जस्तो लाग्यो । एकक्षण पछि वाशरुमभित्र पस्दा ती नव परिचित साहित्यकार मसितै वासरुमभित्र पस्ला जस्तो गरी हानिएर आएका देखी सेक्यूरिटी गार्डले हल्लो सर… तपाईं हो कि सिक्स हौ हन ? यो लेडिजको वासरुम भनेर लेखिएको बोर्ड देख्नुभएन ? आँखा कना छ के हो ?

म भित्र पसिसकेको थिएँ । निकै बेरपछि वासरुमबाट बाहिर आउँदा पनि ती बोडीगार्ड साहित्यकार मेरो ब्याग बोकेर उभिरहेका रहेछन् । त्यसदिन मेरो भरपूर स्वागत मात्र होइन शुरुदेखि अन्तसम्मै उनले मेरो रखवारी गरे ।

चुसिसकेर फ्याँकेको आँपको कोयाजस्ता मान्छे मसित निकै झ्यामिए । कुरै कुरामा उनले मेरो एउटा कृति प्रकाशन गरिदिने कुरा गर्दा यी आँपको कोयाजस्तासित भेटेको परिचय भएकोमा मलाई कुनै नराम्रो सोच आएन…खुशी भएँ । एकजना प्रकाशक पाउनु भनेको हामीजस्तो साहित्यकारलाई गर्व नहुनु कुरै आएन । यस लोकार्पणमा आएको मलाई ढुङ्गा खोज्दा देवतै मिलेकै जस्तो भयो ।

उनले छुटिट्ने बेलामा तपाईंको किताब मैले प्रकाशित गरिदिने नै भएँ भनी छुट्टियो । त्यसपछि हामी म्यासेञ्जरमा घण्टौँ बात मार्नु थाल्यौँ । उनी कुरा बङ्ग्याएर अर्कै अर्कै कुरा गर्थे म चाहिँ किताबकै प्रकाशन बारे कुरा गर्थेँ । उनले पुस्तक छपाइदिने नै भएँ । खर्च के कति लाग्छ… प्रेसलाई सोध्नु भन्दा मैले सम्पूणर् खर्च पठाइदिएँ । उनले काम थाल्नोस् भन्ने आदेश दिँदा गाउँकै एकजना भाइलाई पाण्डुलिपि कम्पोज गर्न दिएँ । पन्ध्र दिनमा कम्पोज पाण्डुलिपिको प्रति ती कम्पोजिटर भाइले मेरो हातमा थमाएर कम्पोजको पैसा मागे ।

तुरुन्तै उनलाई मैले सूचित गर्नुका साथै कम्पोजिङको चार्ज पठाइदिने आग्रह गरेँ । उनले भने, हामी लेखक र प्रकाशक माझ पहिला शर्त गरिनुपर्छ । छक्क परेँ म । मैले भनेँ, सर तपाईले नै पाण्डुलिपि कम्पोजमा दिनु भनेर दिएकी । अहिले फेरि कण्डिशनको कुरा गर्नुहुँदैछ । पहिले नै भन्नुभएको भए म मेरो पाण्डुलिपि कम्पोजमा दिने थिइऩँ नि सर । उनले किसिम भनेर टार्न थालेको म बुझ्दैछु ।

पन्ध्र दिनसम्म उनले मलाई न कल गरे न त म्यासेज नै । फेरि कम्पोजिटर भाइले पैसाको कुरा गरे । मैले उनलाई तुरुन्तै म्यासेज गरेँ । उनको उत्तर- होइन तपाईंले मलाई ह्वाटस्याप म म्याटर पठाउनुहोस् । मैले भनेँ, यत्रो पच्चीस तीसवटा म्याटर ह्वाटसएपमा कसरी कम्पोज गरेर पठाउन सक्छु र सर ? तपाईंकै आदेशमा कम्पोज गर्न दिएकी हुँ ।

उनले भने, होइन तपाईंले मेरो म्यासेजको रिप्लाई नै दिनुहुन्न । कल गरेको पनि उठाउनु हुन्न । मेलै भने कल र म्यासेजमा मेरो किताब प्रकाशनको के कुरा छ र सर ?

चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता मान्छेको लेखाइ, होइन म्यासेजमै जिन्दगी छ नि । तपाईंको म्यासेज आउँदा मलाई खुसी लाग्छ । रातभरि पर्खिन्छु म्यासेज तपाईंको … रातभरि अनलाइन भएर पनि मलाई यादै गर्नुहुन्न तपाईंले…।

त्यसपछि, मैले म्यासेज गर्नै छोडिदिएँ । कल दिनभरिमा पचास पचास पल्ट आए पनि वास्तै गरिनँ । म्यासेज त कति भन्नु भन्नु । नो रेसपोन्स । साँच्चै चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता मान्छेले म जस्तै अरु साहित्यकारलाई पनि यसरी नै किताब छापिदिने लोभ देखाउँदा हुन् । किनभने मलाई किताब छापिदिन्छु भन्नेले अरुलाई यो कुरा भन्दैनन् भन्ने के ग्यारेण्टी छ र ?

यस्ता मौकाको फाट्दा उठाउने साहित्यकारहरूलाई दूधबाट झिङ्गा निकालेर मिल्काए जस्तै मिल्काउनु पर्ला । केही दिन भित्रमा, आफूलाई कता हो हेण्डसम ठान्ने, आफूलाई भयङ्कर साहित्यकार ठान्ने यी चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता मान्छेलाई ब्लक गर्ने ताकमा पो छु म । चुसेर चुसेर फ्याँकेको आँपको कोयाजस्ता मान्छेलाई भेट्नु भयो भने र मलाई जस्तै किताब छाप्ने लोभ देखाएक तपाईं के गर्नुहुन्छ ?

०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x