सुरेशकुमार पाण्डेलगाम अन्तै छ !
अब हाम्रो छिमेकी मुलुकमा निर्वाचन सम्पन्न भएपछि त्यहाँ कस्को सरकार बन्छ। त्योसँग हाम्रो व्यवस्थाको मात्र होइन पुरै देशको भविश्य निर्धारित हुनेछ।

सुरेशकुमार पाण्डे :
“होइन नेताजी ! देशको हालत झनपछि झन तरल बन्दै छ।अब सरकारले नयाँ योजना बनाएर जानसक्नु पर्छ।”- प्रल्हादले देशको वर्तमान हालतमाथि चिन्ता जताउँदै सुझायो।
“त्यो कुरा थाहा छ हामीले पारदर्शी बजेट पनि ल्याएका छौँ। देशभित्र आर्थिक उत्पादन छैन। अनि लागत बढी छ। यो सबै हाम्रो हातमा छैन।तर विस्तारै सबै सन्तुलन हुन्छ।”- मन्त्री गुलबले आफ्नो मुख मिठाउँदै भन्यो।
“होइन कसले गर्छ र के सन्तुलन हुन्छ ? देशमा आर्थिक आयश्रोत जनताको कर र रेमिटेन्स मात्र हो। खर्च भवसागर छ।अनि कसरी सम्भव हुन्छ ? हामीले बरू यो खर्चिलो बाटो सङ्घीय प्रणाली छाडेर एकात्मकतिर जाउँ त्यो पैसाले स-साना उद्याेग खोल्न पाए युवाहरूलाई रोजगार हुनेथियो।देश आत्मनिरभर हुनेथियो ।” -प्रल्हादले आफूलाई लागेको सुझावको रूपमा भिन्रम बिचार राख्यो।
“हामी सङ्घीय प्रणालिमा धेरै अगाडी पुगेका छौँ। यो सङ्घीयतालाई बरकरार राख्न हामीले छिमेकीको हितमा नागरिकता विधायेक पारित गरायौँ ,एम सीसी पारित गरायौँ। यति ठुला-ठुला सम्झौता र आर्थिक बिनिमय भैसकेपछि हजुरले हामीलाई पछि फर्किन भन्नुहुन्छ? हजुर त साँच्चै सम्विधान बिरोधी नै हो।”-मन्त्री गुलाब रन्कियो।
” अनि सर ! देशले कसोगरी काँचुली फेर्छ ? हजुर आफैले भन्नुहोस् ।”-प्रल्हादले सटिकमा सोध्यो।
“हो बरू त्यसो भन्नुस्। हाम्रो सङ्घीय व्यवस्थाको सहयोगी बन्नुपर्छ। अब हाम्रो छिमेकी मुलुकमा निर्वाचन सम्पन्न भएपछि त्यहाँ कस्को सरकार बन्छ। त्योसँग हाम्रो व्यवस्थाको मात्र होइन पुरै देशको भविश्य निर्धारित हुनेछ।प्रतिक्षा गर्नुहोस्।” -मन्त्री गुलाबले प्रल्हादतिर डेरा आँखाले पिर्लिक्क हेर्दै खाँटी कुरा भन्यो।
०००
दाङ, घोराही- १८
२२-०२-२०८१
Subscribe
Login
0 Comments
Oldest







































