साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

कोही अक्कल बुद्धि हैसियतले, घोडा चढी घुम्दछन् । कोही मानिस छन् नशा कुलतमा, सङ्कष्टमा फस्दछन् ॥ के सक्ला र अभाव थेग्न नुनको, मोती हिरा स्वर्णले । मान्छेका गुण दोष बोक्छ कसरी, बाख्रा खसी गोरुले ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

कोही मानिस सौम्य जीवन दिँदा, ठान्छन् वृथाको जुनी ।
कोही प्राणविहीनको कुसुमको, टिप्छन् झरेको पनि ॥
कोही सुन्दर प्रेमभाव रसमा, डुब्छन् खुबै सत्यमा ।
कोही भोगविलासमा मन हुँदा, छन् लिप्त आशक्तिमा ॥१

कोही चाह र मागका रहरले, आफ्ना हुँदैनन् कवै ।
इच्छा मात्र भएर हुन्छ अब के, सौभाग्य गुम्लान् सबै ॥
मान्छे सोच्दछ एक सुन्दर कथा, जन्मिन्छ अर्को व्यथा ।
कैयौँ उग्र प्रयत्नका कदमले, मासिन्छ है सभ्यता ॥२

कोही हाँस्न रुचाउँछन् नरहरू, पीडा लुकाईकन ।
कोही झट्ट रिसाउँछन् अझ मिठो, माया लुकाईकन ॥
कोही उन्नति शान्तिका किसिमका, सङ्घर्ष मच्चाउँछन् ।
कोही मानिस मौनतातिर भए, आवाज मेटाउँछन् ॥३

लेख्छन् ती घटना भने मनुजका, बन्छन् अनौठा कथा ।
लेख्दैनन् नर चाखले यदि भने, लुक्छन् अनेकौँ व्यथा ॥
कोही मानिस रच्दछन् नव कुरा, टेक्छन् अझै टाकुरा ।
कोही दुष्ट दुसाध राक्षस बनी, हिँड्छन् उदाई छुरा ॥४

राम्रा मानिस बस्दछन् हृदयमा, हाम्रा दुवै नेत्रमा।
जाली भ्रष्ट खराबले मगजमा, रोप्छन् घृणा व्यर्थमा ॥
रुन्छन् लास अगाडि नाटक रची, मुर्दा उठ्योझैँ गरी ।
कैँचीमार बनेर मानिस हिँडे, दिन्छन् निया श्रीहरि ॥५

कोही नैतिक नीतिको बध गरी, संस्कार सिद्ध्याउँछन् ।
कोही मानिस जीर्ण निम्न जनका, अस्तित्व भत्काउँछन् ॥
कोही काल अकाल टार्दछु भनी, बन्छन् कृपाचार्यझैँ ।
कोही मानिस देवलोकतिरको, ठान्छन् उनै इन्द्रझैँ ॥६

कोही अक्कल बुद्धि हैसियतले, घोडा चढी घुम्दछन् ।
कोही मानिस छन् नशा कुलतमा, सङ्कष्टमा फस्दछन् ॥
के सक्ला र अभाव थेग्न नुनको, मोती हिरा स्वर्णले ।
मान्छेका गुण दोष बोक्छ कसरी, बाख्रा खसी गोरुले ॥७

०००

बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x