साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोराले सिकोस् !

चर्का भाषण गर्न, सडकमा ढुङ्गा हान्न, टायर बाल्न सक्षम बनोस् । विध्वंश नगरी विकास हुँदैन भन्ने सिद्धान्तलाई सिरोधार्य गर्दै हत्या, हिंसा, बल्तकार ,व्यभिचार अपरिहार्य रहेको तथ्यलाई व्यवहारमा उतार्न सिकोस् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

श्रीमान् प्रधानाध्यापक,

मेरा छोराले म उच्च घर घरानाको मानिस हूँ भन्ने सिकोस् । समाजमा मेरो परिवारको हैकम चल्छ भन्ने बुझोस् । जो सोझो छ त्यो निरीह र निम्छरो छ । परिश्रम गरी कमाएको धनले गर्जो टर्दैन । सोझो औंलाले घिउ आउदैन । औंला टेडो बनाउन सिकाइदिनुहोस् । बुढी भैंसीको छाला बेचेर होस् या दुनियामाथि भाला रोपेर होस् । जसरी पनि धन कमाउने कुरा सिकाइदिनुहोस् ।

संसारमा राजनीतिको महिमा ठूलो छ । सारा काम छोडेर राजनीति गर्नुपर्छ । पढेर कोही ठूलो हुँदैन । विद्वानको के अर्थ ? विद्वानलाई पनि कजाउने शासक हुन् । शासनका लागि छलछाम, षड्यन्त्र, चाकडी, चाप्लुसी ,चतुर्याइँ आधारभूत आवश्यकताका विषय हुन् । अरुलाई नसिध्याई आफू माथि उठ्न सकिन्न । सुरक्षा, न्यायलय, पत्रकार, ठेकेदार, व्यापारी , तष्करहरुको लस्कर नलगाई अगाडि बढ्न सकिन्न भन्ने तत्वज्ञान प्राप्त गरोस् । चर्का भाषण गर्न, सडकमा ढुङ्गा हान्न, टायर बाल्न सक्षम बनोस् । विध्वंश नगरी विकास हुँदैन भन्ने सिद्धान्तलाई सिरोधार्य गर्दै हत्या, हिंसा, बल्तकार ,व्यभिचार अपरिहार्य रहेको तथ्यलाई व्यवहारमा उतार्न सिकोस् ।

मेरो छोराले सिनो लुछ्दै गरेका गिद्धहरु, दाह्रा उज्याईरहेका ब्वाँसाहरु, भन्किरहेका झिङ्गाहरु, उन्मत्त डिंगाहरु, झाङ्गिएका काँडाहरु, नाङ्गिएका डाँडाहरुको भित्रि रहस्य बुझोस् । यो संसारमा बहुमतको कदर हुन्छ । बहुमतले जे निर्णय गर्छ त्यो सर्वमान्य हुन्छ । तसर्थ जता बहुमत छ उतैतिर ढल्कन सकोस् ।

पवित्र होस् या अपवित्र गठबन्धन कायम गर्न सकोस् । अरुका निम्ति होइन आफ्ना लागि बाँच्न सिकोस् । आफ्नो दुनो सोझ्याउन कहिले नचुकोस् । ज्वालामुखीको लप्का बन्न सकोस् । शक्तिको केन्द्र बन्न सकोस् । भक्तिको मार्ग बन्न सकोस् । मेरो छोरो निडर र साहसी बन्न प्रेरित भइरहोस् जसले गर्दा ऊ सर्वसाधारणप्रति हैकम र रवाफ जमाउन सक्षम हुन सक्छ ।

धन्यवाद
तपाईंको सिंहराज

०००
रेसुङ्गा न पा – २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x