साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाकै छ बाहुल्य

परेनन् कतै शत्रुका जालमाथि सबै क्षेत्रमा छन् बुढा ढालमाथि नहोस् फेरि कालो कतै दालमाथि बुढाकै छ बाहुल्य नेपालमाथि॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

धुवाँधार चर्चा बुढाकै छ हेर
युवावर्गको जोस जाँदैछ खेर
युवा टाढिँदै छन् पराई बनेर
बुढा छन् बसेका बनी धेर शेर॥१

बुढामै छ चिन्ता चासो धराको
हिमाली चुली टाकुरा कन्दराको
सबै लेक बेसी तराई गराको
जरा हुन् नि ग्राहस्थको उर्बराको॥२

सबै राज्य संयन्त्र हाबी बुढाको
दुवै हातमा हुन्छ चाबी बुढाको
कुनै छैन ज्याद्रो खराबी बुढाको
सधैँ नाइकेमा छ दाबी बुढाको॥३

उनैले सजेको गृहस्थी छ राम्रो
कुना कन्दराभित्र बस्ती छ राम्रो
गरेको सबैतर्फ गस्ती छ राम्रो
बुढो देह नेपाल-हस्ती छ राम्रो॥४

बुढो नै छ यो देशको यान हाँक्ने
सजाएर नेपालको सान राख्ने
बुढो हाड हो कर्ममा नै नथाक्ने
बनी स्वर्णको लेप दुष्कर्म ढाक्ने॥५

सबै कर्ममा वृद्ध छन् दूरदर्शी
ठुला कामना तुर्दछन् ती नतर्सी
सही बात गर्छन् र जाँदैन जर्ती
सबै मान्दछन् वृद्धका दिव्य अर्ती॥६

परेनन् कतै शत्रुका जालमाथि
सबै क्षेत्रमा छन् बुढा ढालमाथि
नहोस् फेरि कालो कतै दालमाथि
बुढाकै छ बाहुल्य नेपालमाथि॥७

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x