साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो मति सुध्रिदैन

कालो छ तिम्रो मनभित्र धेर फाल्ने पखाल्ने कसरी झिकेर सङ्केत राम्रो अझ देखिंदैन बिग्रेछ तिम्रो मति सुध्रिदैन । रित्तिन्छ मान्छे दिउँसै लुटेर मारिन्छ सोझा किन हो कुटेर के कर्म यस्तो घिन लाज छैन ? बिग्रेछ तिम्रो मति सुध्रिदैन ।

Nepal Telecom ad

सालिकराम दाहाल :

सन्तान भाँड्यौ परिवार तोड्यौ
के भो सुबाटो पनि हिंड्न छोड्यौ
सोझा थिचेको उपयुुक्त छैन
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।१ ।

डाका लुटेरा ठग साथ लिन्छौ
सोझाहरूमा अति कष्ट दिन्छौ
यो काम तिम्रो उपयुुक्त छैन
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।२ ।

जान्दारहेछौ अति जालझेल
फोहोरमैलातिर खेल्न खेल
त्यो गर्नुपर्ने उपयुक्त छैन
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।३ ।

खाली उडन्ते गफगर्न थाल्छौ
हाम्रा बगैंचातिर हात हाल्छौ
राम्रो त यौटा पनि काम छैन
बिग्रेछ तिम्रो मति सुध्रिँदैन ।४ ।

झम्टेर सोझा जनलाई मार्छौ
राम्रोछु भन्दै कति स्वाङ पार्छौ
भन्छौ गरेको अपराध छैन
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।५ ।

कालो छ तिम्रो मनभित्र धेर
फाल्ने पखाल्ने कसरी झिकेर
सङ्केत राम्रो अझ देखिंदैन
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।६ ।

रित्तिन्छ मान्छे दिउँसै लुटेर
मारिन्छ सोझा किन हो कुटेर
के कर्म यस्तो घिन लाज छैन ?
बिग्रेछ तिम्रो मति सुध्रिदैन ।७ ।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x