साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एसइइकाे महानतम् उपलब्धी ?

घरको एउटा ग्यासचुल्हो बिग्रँदा बाटोमा नाकाबन्दी देशको व्यक्ति कहिले आउँछ भनेर कुर्नुपर्ने स्थिति देखेर यो शिक्षाको नीतिनिर्माता, पाठ्यक्रम निर्माता, शिक्षक, अभिभावक, विद्यार्थी कसैको पनि मुटु घोच्दैन ? धन्न साह्रै महानतम् छ हाम्रो शिक्षा जगत् !

Nepal Telecom ad

रामकृष्ण ढकाल :

अर्थ न बर्थ नाक फुलाउने गर्छ – अत्याधुनिक शिक्षा र त्यसका मसिहा । कालिदासको जमाना अझै रहेछ अनि शाक्यमुनी बुद्धको पनि । पछि गएर संस्कृत साहित्यका महान श्रष्टा बनेका कालिदास सानो उमेरमा मूर्ख थिए रे । बाख्रा चराउन जाँदा रुखको हाँगा काट्दा आफैं त्यही हाँगासँगै तल भुइँमा खस्ने गरि काट्ने गर्थे रे भनेर कहानी सुनिन्थ्यो । आज केक्केन भनेर देश विदेशमा हल्ला फिजाइएको एसइइ नामक लाजमर्दो झ्याङ्लो भएको छ । आजसम्म नेपालको कुनचाहिँ एसइइ उत्तीर्ण जनशक्तिले एउटा तमसुक लेख्न जानेको छ ? कुनचाहिँ एसइइ उत्तीर्णले त्यो एसइइसम्म पढेको ज्ञानले घरमा बिग्रेको टेलीफोन, टेलिभिजन, पङ्खा, मर्मत गर्न सकेको छ ? आजसम्म कुन चाहिँ एसइइ उत्तीर्ण व्यक्तिले त्यही एसइइसम्म पढ्दा पाएको शिक्षाको भरमा यो देशको संस्कार बचाउने प्रयास गरेको छ ? त्यस्तै कुनचाहिं एसइइ उत्तीर्णले आफ्नो गोठमा पालेको गाई बिरामी पर्दा, खेती बालिमा रोग लाग्दा, घरको भटभटे बिग्रँदा एसइइसम्म पढ्दा जानेको ज्ञानको भरमा उपचार मर्मत गरेको छ ?

एउटा सिन्को उठाउन नसक्ने छि: छ्या: पढेर उत्तीर्ण भएकोमा अझ खुसियाली रे । अनि हाम्रो विद्यालयबाट यो वर्ष यति प्रतिशत उत्तीर्ण भए रे । यति गाँडे पत्रु अङ्क (जिपिए) ल्याए रे । अनि आफ्नो देशको सभ्यता संस्कार बिर्साएर खाली विदेश मात्रै ताक्ने, विदेशीका हली गोठालो नोकर चाकर मानसिकता भरिएका निर्लज्ज पुस्ता उत्पादन गरेर मख्खा परि नाक फुलाउनु कत्तिको जायज होला !? बजारको पसलमा एउटा सामान किन्न जाँदा पसलेले नेपाली देवनागरी शैलीमा बोलेको भाउ नबुझी कुहिगन्धे अङ्ग्रेजीमा भनिदिनुपर्ने भएको कसको कारणले गर्दा हो ? के को कारणले गर्दा हो ? के आफ्नै देश भेषभाषा सभ्यता बिर्सनु नै अत्याधुनिक शिक्षा हो ? चिनियाँहरूले, जापानीहरूले अङ्ग्रेजी कति जान्दछन् ? के तिनको देश बिग्रिएकाे छ ?

नेपालका बुद्ध, शिव, पार्वती, राम, कृष्ण, गणेश, फाल्गुनन्द के अङ्ग्रेजी जानेकोले अनि यहाँको आफ्नोपनलाई कुल्चेर वा कुल्चन सिकाएर भगवान कहलिएका विद्वान् कहलिएका हुन् ? यसरी हेर्दा निजि होस वा सरकारी दुवैथरी विद्यालयहरू, नेपालका नीति तथा शैक्षिक योजना र पाठ्यक्रम निर्माताहरू तिनका नियामक निकायहरू कतिसम्म सडेका रहेछन् भन्ने प्रष्ट हुन्न र ?

शक्यमुनी बुद्धले असार महिनाको पूर्णिमा अर्थात गुरु पूर्णिमाको राती ज्ञानको खोजीमा दरबार छोडेर हिँडे । जब उनी उरुबेल नामको जङ्गलमा पुगे त्यहाँ केही साधुहरू थिए- उद्दक रामपुत, आलार कालाम आदि । तिनलाई भेटेर बुद्धले मानिसले बूढो हुनुपर्ने, रोगी हुनुपर्ने, मर्नुपर्ने जस्ता दुख निवारणका सम्बन्धमा केही कुरा सोधे तर कुनै ज्ञानी भनाउँदोले पनि चित्तबुझ्दो जवाफ दिएन । त्यसपछि बुद्धले बुझे ज्ञानी हुँ भन्नेहरू नै अज्ञानको सागरमा डुबिरहेका रहेछन् । आज एक्काइसौं शताब्दीको बयासियौं वर्षमा आइपुग्दा पनि ज्ञान लिने दिने र त्यससँग सम्बन्धित सबैजसोको हालत उही बुद्धले भेटेका साधुहरूजस्तो छ । तैपनि घिचौंले हर्कतका मसिहाहरू घिरौंले नाक बनाएर भन्छन् यसपालीको एसइइमा हाम्रो विद्यालयबाट यति विद्यार्थी उत्तीर्ण भए । यति प्रतिशत अङ्क ल्याए ।

आकाशमार्गबाट बाकसमा बन्द भएर आएका लाशहरूको खातको कमाइले दिनरात रमाउन पल्केकाहरूलाई त यो भन्दा बढी केही चाहिएको छैन होला । ४ जिपिए ल्याएर उत्तीर्ण भएकाे जनशक्तिले देशको लागि समाजको लागि सभ्यताको लागि संस्कारको लागि के गर्न सक्ने भएर निस्क्यो त ? सके लाज पचाएर बविदेशीका हली गोठाला नोकर वा बस्न जाने नसके यहिँ बसेर अलि वर्षपछि कुनै कुहिगन्धे दलको झोलेझाम्टे जुम्रे जगल्टे हुने वा तथाकथित लोकसेवा लडेर घुससेवा कमिसन पेवा गर्ने भन्दा अर्को के देखिएको छ एसइइको एघार कक्षा बाह्र कक्षा समेत नै कटाएकाको ?

एउटा चोर कुनै घरमा राती चोर्न गएछ । आवाजको भरमा अँध्यारोमा घरधनीले सिरानीमा राखेको खुकुरीले हानेछ । चोरको नाक ताछिएछ र रगतको धारो चुहाउँदै भागेछ । अर्को वर्ष त्यही चोर काशिपुरीको एक मन्दिरमा दुनियाँलाई सदज्ञान बाँडिरहेको बाबाजीको रुपमा भेटियो । चेलाहरूले निकै समयको बलगराइपछि गुरुलाई सोधे- गुरुबा हजुरको यो नाकको कुरो के हो ? भूतपूर्व चोर गुरुले भन्यो- मैले तपस्याको क्रममा यो नाक भगवान्लाई अर्पण गरें अनि साक्षात भगवानसँग भेटेँ ।

कुराकानी भएको केही महिनापछि भगवान देख्ने आशले केही चेलाले अस्पताल पुगि नाक कटाई मन्दिरमा चढाए तर छ महिनासम्म पनि भगवान देखेनन् । अनि गुरुसँग फेरि सोधे- हामीले पनि नाक काटेर चढायौं तर तपाईंले भनेजस्तो भगवान त देखेनौं नि गुरु ? त्यसपछि गुरुले भन्यो- हैन तिमीहरूको बुद्धि कहिले आउँछ ? नाक पनि फाल्ने भगवान पनि देखिएन भन्ने भएपछि यो समाजमा तिमीहरूलाई कसले मान्छ ? नाक काटेपछि त हुने कुरा जे सुकै होस् भगवान देखियो नै भन्नु पर्दैन ? आफ्नै बेइज्जत गर्दै नहिँड । भगवान प्रत्यक्ष देखेँ भन अबदेखि । चेलाहरू जिल्ल परे गुरुको कुरुप ज्ञान जानेर ।

आजको नेपालको एसइइ होस् वा एघार बाह्र जुनसुकै तहको भए पनि शिक्षा र त्यससँग सम्बन्धित सम्पूर्ण पक्षको हालत त्यही कहानीको गुरुचेलाको भन्दा भिन्न छैन । बाउ आमा इष्ट मित्र नातागोतालाई वास्तै नगर्ने, गुन्द्रुक मस्यौरा, ढिकी, जाँतो, हलो जुवा ठेकी मदानी लोहोरो सिलौटो कुटो कोदालो उकालो ओरालो चाडपर्व केही नजान्ने नबुझ्ने तर चटपटे पानीपुरी बर्गर पिज्जा चाउमिन कुरकुरे चिप्स मात्र चिन्ने, डण्डिबियो नचिन्ने पब्जी फ्रि फायर जान्ने भनेको के कस्तो गुणस्तरको शिक्षा हो ? के यस्तै पुस्ता बन्नुमा गर्व हुन्छ भनेर लाखौं नेपालीले छोराछोरीको लागि शिक्षामा लगानी गरेका हुन् ? घरको एउटा ग्यासचुल्हो बिग्रँदा बाटोमा नाकाबन्दी देशको व्यक्ति कहिले आउँछ भनेर कुर्नुपर्ने स्थिति देखेर यो शिक्षाको नीतिनिर्माता, पाठ्यक्रम निर्माता, शिक्षक, अभिभावक, विद्यार्थी कसैको पनि मुटु घोच्दैन ? धन्न साह्रै महानतम् छ हाम्रो शिक्षा जगत् !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x