साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बाँकी के नै छ र ?’ को संक्षिप्त सन्दर्भ

साधुराम खड्काको ‘बाँकी नै के छ र ?’ मा व्यङ्ग्यको तड्का निकै लगाएको देखिन्छ । तड्का लगाएपछि दाल–तरकारी निकै स्वादिला बन्छन् मानूँ खड्काका व्यङ्ग्य पनि त्यस्तै नै छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

‘फित्कौली’ व्यङ्ग्य विधाको निम्ति कति सटीक, सुन्दर र सार्थक शब्द ! लग्न जुराएरै जन्माएको जस्तो । फित्कौलीले यति छोटो समयमैं यति सुन्दर सुन्दर इतिहास बनाउला भनेर कसैले कल्पना पनि गरेको थिएन होला । यसमा लुइटेल वंशका नरनाथ लुइँटेलले न्वारनदेखिको बल निकालेर हास्यव्यङ्ग्य विधाको उत्थानमा लागि परेका छन् । उनको प्रमुख उद्देश्य नै नेपाली हास्यव्यङ्ग्यलाई उकास्नु रहेको छ । हामी दुवै एकै पेशाबाट निवृत्त हुन पुगेका प्राध्यापक रहेछौं ।

पहिलेपहिले फित्काैलीमा मेरा व्यङ्ग्यका दुईचार रचनाले प्रकाशित हुने सौभाग्य पाएका छन् । त्यस्तै व्यङ्ग्य कृतिको समीक्षा पनि छापिएको छ । व्यङ्ग्य विधाका कृति भनेपछि उनले कुनाकन्दराबाट पनि खोजी गरेर “फित्कौली डटकम” मा प्रकाशित गरेका छन् । अहिले त नरनाथ लुइँटेल फित्कौलीका पर्याय बनेका छन् ।

फित्कौलीले हास्यव्यङ्ग्यका रचना यति व्यवस्थित रूपमा प्रकाशित गर्ला पत्याउनै मुश्किल पर्ने लाग्छ । अब जो नेपालमा हास्यव्यङ्ग्यसँग साइनो जोडेका छन् ती फित्कौलीको हाटबजारमा आई रमाउने उपक्रम बढ्दै गएको छ । विद्या नपाए काँशी जानुजस्तो हास्यव्यङ्ग्यमा रमाउन चाहे फित्कौलीमा जानुजस्तै भएको छ । सुन्छु फित्कौलीले बेलाबेला हास्यव्यङ्ग्य मेला नै लगाउने गरेको छ । मलाई पनि कुनै दिन त्यस मेलामा भेला हुने मन छ ।

सामयिक स्थितिमा यो कौवा प्रकाशनभन्दा पनि औधि ठूलो बन्न पुगेको देखिन्छ । यो त्यसै चलेको हौवा होइन, यथार्थमा आधारित तथ्य हो । यसबाट प्रकाशित हास्यव्यङ्ग्य कृतिका कुनियो र टौवा देखेर नै म चकित परेको छु । भन्छन्– यसले दूलो भित्रबाट पनि हास्यव्यङ्ग्य खोतलेर निकाल्छ, बगरबाट पनि बालुवाको थुप्रोबाट सुनका कणहरू पर्गेलेर ल्याउँछ, चिहानबाट लास निकालेर पनि त्यसमा प्राणवायु फुक्छ । यसरी फित्कौलीको महिमा र बखान सुन्दा यससँगको नाताले मेरो पनि कतै फलिफाप हुन्छ कि जस्तो लाग्छ ।

यसरी हास्यव्यङ्ग्यका क्षेत्रमा मरिमेटेर लागेको अर्को कुनै संस्था मैले प्रकाशन क्षेत्रमा देखेको छैन । वरिष्ठ हास्यव्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलले पहिलेपहिले पनि मलाई दुईचार पटक नै फोन गरेर हुलिया र हालचाल निधिखोजी गरेकै हुन् । हुलिया बुझ्ने क्रममा काठमाडौँ आएको बेला भेटौं है भनेकै हुन् तर संयोग जुरेको थिएन । एक दिन संयोगलेनै एक साहित्यिक कार्यक्रममा भेट भयो । यसले समीक्षा पनि गर्छ भन्ने सुइँको पाएरै होला करिब एकदर्जन जति हास्यव्यङ्ग्य कृतिका कोसेली समीक्षार्थ भनी लेखी झोलाभरिका पुस्तक मेरा हातमा थमाए । पहिले कृतिकोसेलीको त्यो भारी झोला देख्दा त्यहीँकाे पुस्तकालयलाई दिन होला भन्ने लागेको थियो तर पछि मेरा हातमा थमाउँदा पो म त जिल्ल परें ।

फित्काैलीकाे त्यो भारी कोसेली पाउँदा मलाई एकसाथ खुसी पनि लाग्यो, बोझिलो पनि लाग्यो, जिम्मेवारी पनि थपिएको महसुस भयो । अब जति दिन लागे पनि यो एक भारी कृति कोसेलीको गुन त मैले चुक्ता गर्नैपर्छ । जल्ले ममाथि यति भरोसा गरेको छ, मैले त्यसको पालना गर्नैपर्छ । अऋणी हुने बानीले मलाई घचघच्याइरहन्छ । पहिले जुन हात पर्छ त्यसैमा प्रवेश गरेर आफ्नो प्रतिक्रिया जनाउँछु भन्ने लाग्यो । अचेल मैले मुक्तकमा धेरै समय खर्चिएको छु, त्यसमै अधिक रुचि पनि छ । त्यसैमा प्रवेश गर्छु । एकएक रुचि संयोग र बहानाले समीक्षातर्फ तान्दो रहेछ । गुणस्तरले तान्नु त झनै मुख्य कुरा हो । उपलब्ध मुक्तक कृतिका स्रष्टा मेरा पूर्वपरिचित घनिष्ट मित्र पनि हुन् । पहिले उनैका कृतिको लेखाजोखा गरेँ । त्यही कृतिमा प्रवेश गरेर मैले आफ्ना घारणा प्रक्षेपण गरेँ । तिनका परिचय र प्रतिक्रिया जनाउने प्रयत्नमा लागेँ ।

यसै क्रममा व्यङ्ग्यात्मक भावभूमिमा रचिएको साधुराम खड्काको ‘बाँकी के नै छ र ?’ (व्यङ्ग्य कवितासङ्ग्रह– २०८०) को सङ्क्षिप्त चर्चा गर्न लाग्दैछु । साधुराम खड्काको ‘बाँकी नै के छ र ?’ मा व्यङ्ग्यको तड्का निकै लगाएको देखिन्छ । तड्का लगाएपछि दाल–तरकारी निकै स्वादिला बन्छन् मानूँ खड्काका व्यङ्ग्य पनि त्यस्तै नै छन् । अझै उनले व्यङ्ग्यमा झड्का हानेर फड्का मार्न बाँकी नै छन् किनभने उनी उदीयमान नै छन् । जे होस्, उदीयमान रूपमा आएको उनको व्यङ्ग्यको शान भने मान गर्नै पर्ने प्रवृत्तिको योग्य देखिन्छ । प्रथम कृतिमै १२५ वटा कविताकै जुलूस निकाल्नु मामुली कुरा होइन । कविता मसिना, झिंजाजस्ता भए पनि ठूलाठूला मुढा बाल्न पनि सक्षम छन् । अधिकांश कविता एकै पृष्ठका छन् । कुनै कुनैले मात्र दुई पृष्ठ ओगटेका छन् ।

भूमिकाकार विजय चालिसले कवितामा हास्यव्यङ्ग्यका लक्षण भेटिएको, अधिकांश कविताले व्यङ्ग्यको तीर हानेको, कतै कामभावनालाई मात्र प्रधानता दिएको, अधिकांश कवितामा प्रखर व्यङ्ग्यको प्रयोग भएको बताएका छन् । त्यस खँदिलो भूमिकाबाट समीक्षाको सही सार आएको महसुस हुन्छ । छोटा भैकन खिरिला र चोटिला छन् भन्ने फित्कौली अभियन्ता लुइँटेलको कथन पनि मननीय छ । जे होस्, व्यङ्ग्य भावभूमि कविता रचना गर्ने खड्काको सीप–सामर्थ्य ताली पिट्नयोग्य पाइन्छ । उनी पनि एक दिन व्यङ्ग्य बगैंचाका ठूला माली बन्न सक्ने संभावना बोकेका देखिन्छन् ।

०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
सञ्जालको जञ्जाल

सञ्जालको जञ्जाल

पुन्य कार्की
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
धमिरा

धमिरा

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x