साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रहणतन्त्र : व्यङ्ग्यत्व र कृतित्वको अपूर्व मिश्रण

शीर्षक र कविताबीच पनि राम्रो तारतम्य मिलेको देखिन्छ । शीर्षककै केन्द्रीयतामा कविताका पङ्क्तिहरूले सुन्दर वृत्त बनाएर आनन्ददायी प्रभाव छोड्छन् । अनुभूति प्रवाहमा पनि कहीँ कतै अवरोध पाइन्न ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र नेताहरूको अनैतिक आचरण, अकर्मण्यता र दुष्प्रवृत्तिले दूषित भएर ग्रहणतन्त्र भएको छ । ग्रहण भनेको विघ्नबाधा हो । सूर्यचन्द्रजस्ता महान् जीवनदायी ग्रहमा ग्रहण लागेपछि अन्धकारको स्थिति पैदा हुन्छ । ग्रहपिण्डको प्रभाव मानवपिण्डमा पनि पर्ने हुँदा मानवले पनि दुःख–कष्ट बेहोर्नुपर्छ । अन्धकार भएपछि दुःख, कष्ट स्वतः आइपर्छन् । सपूतहरूको त्याग, सङ्घर्ष र वलिदानबाट प्राप्त भएको गणतन्त्र सुन्दर र स्वर्णिम व्यवस्था हुनुपर्ने हो तर यो भाँडतन्त्र र गाँडतन्त्रको रूपमा देखिँदै आएको छ । राज्यको यही दुरावस्थाप्रति लक्ष्यित गरेर कविले आफ्ना कविता कृतिको नाम गहणतन्त्र राखेका छन्, यो व्यङ्ग्यबोधक शब्द हो ।

समाजमा प्रकृति पनि छ, विकृति पनि छ । कविता प्रकृतिउपर पनि लेखिन्छन्, विकृतिउपर पनि लेखिन्छन् । अचेल समाज र व्यवस्था नै विकृतिमय छ । जब विकृत परिदृश्यले कवि चेतनालाई हिर्काउँछ तब कविले व्यङ्ग्यात्मक शैली अपनाएर प्रतिकार गर्छ भन्ने व्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलको दृष्टिकोण यसमा चरितार्थ भएको छ । समाज विकृतिमय भएकाले पाठकको मन पनि त्यस्तै कविताले अधिक तान्छ । त्यस्तै कविता अचेल अधिक आउन थालेका छन् । यो समयको लहर वा प्रभाव हो । त्यस्ता विकृतिविषयक कविताको भावभूमि व्यङ्ग्य हुने गर्छ । त्यस्तै व्यङ्ग्यात्मक भाव र शैलीका कविताहरू सुभाषचन्द्र देवकोटाको यस ग्रहणतन्त्र (व्यङ्ग्य कवितासङ्ग्रह–२०८०) मा समाविष्ट रहेका छन् ।

“फित्कौली अनलाइन मिडिया”बाट प्रकाशित ग्रहणतन्त्रमा गद्यशैलीका ६७ वटा कविताहरू सन्निहित छन् । सबै कविताहरू सरल, सम्प्रेष्य, कोमल र सुललित शैलीमा बुनिएका छन् । कतिपय कविका कविता पढ्दा व्यङ्ग्यकविताका नाममा व्यङ्ग्य शब्दका प्रस्तुति लाग्छन् तर यी व्यङ्ग्य धारका व्यङ्ग्यकविता नै लाग्छन् । व्यङ्ग्यत्व र कवित्वको अपूर्व समन्वयबाट निर्मित कविताले कविताको मधुर र मिठो आस्वादन दिनुका साथै व्यङ्ग्यको मिठो प्रभाव छोड्छन् ।

कतै समस्यापूर्तिपरक शैलीमा कवित्वको सुन्दर पृष्ठभूमि बनाएर अनुभूतिहरूको तारतम्यलाई कविले यति कोमल र मनोहर ढङ्गले प्रस्तुत गर्छन् कि त्यसको कथ्यले नै हाम्रो मनमस्तिष्कलाई तरङ्गित र झङ्कृत पार्दछन् । सरलता र सहजतामा सौन्दर्य सृष्टि गर्नु चुनौतीपूर्ण कार्य हो तर यहाँ कविले त्यो चमत्कारजन्य भावनालाई सरल र सुबोध्य रूपमा प्रस्तुत गरेका छन् । शीर्षक र कविताबीच पनि राम्रो तारतम्य मिलेको देखिन्छ । शीर्षककै केन्द्रीयतामा कविताका पङ्क्तिहरूले सुन्दर वृत्त बनाएर आनन्ददायी प्रभाव छोड्छन् । अनुभूति प्रवाहमा पनि कहीँ कतै अवरोध पाइन्न । शब्द र शैली अनुभूतिमा सलल्ल प्रवाहित छन् ।

अनुभूतिहरू जति कवित्वको उत्कर्षमा छन् उत्तिकै व्यङ्ग्यका उत्कर्षमा पनि छन् । शब्दचयन र प्रस्तुतिले पनि हामीलाई लठ्याउँछ । यथार्थमा कविता, कविता हुनुको स्वाद ग्रहणतन्त्रमा पाउन सकिन्छ । कतै पौराणिक मिथकको प्रयोग गरेर, कतै कविताभित्र विचारको बिउ रोपेर कविताको गुरुत्व र गरिमा बढाएका छन् । समग्र कवितामा सामयिक वस्तुस्थितिको यति सुन्दर र सटीक चित्रण छ मानूँ, कविता फूलैफूल उनेर मालाजस्ता बनेका छन्, जसले सौन्दर्यको आभा छोड्छन् । कविताभित्रै कतै हाइकू, कतै मुक्तकीय स्वरूपले कविताको आकर्षण बढेको छ । कतै विम्बको तुलनात्मक प्रस्तुति पनि पाइन्छ । नेताहरूको अतिरञ्जित र अस्वाभाविक आश्वासन दिने प्रवृत्तिप्रति कविले कटाक्ष गरेका छन् ।

अन्तमा, यति सुन्दर कृतिभित्र केही कवित्वका शीर्षक र भावसमेत हुबहु दोहोरिएका छन् । कृतिको शुरूमै व्यङ्ग्य कवितासङ्ग्रह हुनुपर्नेमा व्यङ्ग्य निबन्धसङ्ग्रह भनिएको छ । आगामी संस्मरणमा यस्ता त्रुटि सच्याउनुपर्ने देखिन्छ ।

०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
नीच प्रवृत्ति चित्रण

नीच प्रवृत्ति चित्रण

प्रा. कपिल अज्ञात
अभेद्य किल्ला

अभेद्य किल्ला

प्रा. कपिल अज्ञात
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x