सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिनीबसको ढोका

गुड्ने नगुड्ने चक्का हो ढोकालाई किन ठोक्ने ? चढ्नेले बसे भैगो, बसेर किन ठोक्ने ? उपयोगी छ यो ढोका, थप्पड खान्छ निरन्तर फरक छैन त्यो ढोका र अभागी मेरो खप्पर।

Nepal Telecom ad

चट्याङ मास्टर :

एउटाले रोक्नलाई ठोक्छ, अर्को ठोक्छ हिँडाउन
उता ऊ चढ्नलाई ठोक्छ, ठोक्छ अर्को चढाउन ।

गुडे थप्पड अडे थप्पड, थप्पडमाथि थप्पड
ईश्वरका दुई महान् सृष्टि, यसको र मेरो खप्पर।

कलबेल थिच्नासथ, बाजामा खुल्ने ढोका
आफैँ खुल्ने र लाग्ने, विद्युत्‌को चल्ने ढोका ।

नरम औंला अदबका साथ, नक नक नक गरिने ढोका
चाकडी गर्ने आसेले, रातोदिन कुरिने ढोका।

ढोकै हुन् ती सबै आखिर, मिनिबसको पनि ढोका
लात थप्पड अनि मुड्की, सबैको सहने ढोका ।

चढे थप्पड झरे थप्पड, थप्पडमाथि थप्पड
ईश्वरका दुई महान् सृष्टि, यसको र मेरो खप्पर ।

ढोका छन् चाँदी र सुनका, निहुरी ढोगिने ढोका
इतिहास टन्न बोकेका, देशैले पुजिने ढोका ।

कलाले सजिएका, आँखाले चुमिने ढोका
मिनिबसको किन यस्तो, सप्पैले हेपिने ढोका ?

खुलेमा लाउनेले ठोक्छ, लागेमा खोल्ने ठोक्तछ
नखुलेको नलागेको, बीचमा जो’ नि ठोक्तछ।

एउटा ठोक्छ लबेटाले, अर्कोले मुड्की ठोक्तछ
कन्डक्टर झन् हकवाला भो, चुच्चे औंठीले ठोक्तछ ।

गुड्ने नगुड्ने चक्का हो ढोकालाई किन ठोक्ने ?
चढ्नेले बसे भैगो, बसेर किन ठोक्ने ?

उपयोगी छ यो ढोका, थप्पड खान्छ निरन्तर
फरक छैन त्यो ढोका र अभागी मेरो खप्पर ।

गुडे थप्पड, अडे थप्पड, थप्पडमाथि थप्पड
ईश्वरका दुई महान् सृष्टि, यसको र मेरो खप्पर।

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के खबर छ शेयरबजारको ?

के खबर छ शेयरबजारको...

चट्याङ मास्टर
अमर रहोस्

अमर रहोस्

चट्याङ मास्टर
कमाउने कि समाउने ?

कमाउने कि समाउने ?

चट्याङ मास्टर
सरकारी मोटर

सरकारी मोटर

चट्याङ मास्टर
के खबर छ शेयरबजारको ?

के खबर छ शेयरबजारको...

चट्याङ मास्टर
अमर रहोस्

अमर रहोस्

चट्याङ मास्टर
कमाउने कि समाउने ?

कमाउने कि समाउने ?

चट्याङ मास्टर
सरकारी मोटर

सरकारी मोटर

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x