बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय अधिवेशन, पिण्डस्थाने पिण्डम् ?
बाङ्गा पुच्छरका श्वान, सोझिदैन कसै गरे । शीर्षका कण्ठमा घन्टी, बाँध्ने तागत नै मरे ।।

बम बन्दूकका ध्वंश, हटाई भोट हालियो ।
जन्मे फेरि उनै कंश, संविधान पछारियो ।।
दर्जनौँ पोइजोईकै , बिर्ता भो दल के गरी ?
लेखनाथ र कार्कीका, प्रस्ताव मुन्टिए हरि ।।
बङ्गारा नै पलाएन, बुद्धिसुद्धि जिरो भयो ।
नाता कुटुम्ब व्यापारी, दल खम्बा हुने भयो ।।
बाङ्गा पुच्छरका श्वान, सोझिदैन कसै गरे ।
शीर्षका कण्ठमा घन्टी, बाँध्ने तागत नै मरे ।।
थोत्राकै चाकडी गर्ने, युवा पुस्ता बिकाम भो ।
खहरे गड्गडाएझैँ, युवा- भाषण बन्न गो ।।
मिति गुज्रिसकेका यी, शीर्षका पगरी कसी ।
लाछी पाजी बने क्या र ? तन्नेरी-तरूणी जति ।।
संसदै भो प्रभा शून्य, बार्दली-बा रिसाउँदा ।
संसदीय प्रणाली नै, शून्य भो गोरू ब्याउँदा ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































