बद्रीप्रसाद दाहाल ‘भस्मासुर’उपभोक्ता दिवस
युक्रेन रूसको युद्ध बहाना बन्न गै यहाँ । मूल्य बृद्धि हदै चर्क्यो, ट्वाल्ल छौ गठबन्धन ?? चुनावी सूत्रका नारा, गर्छौ बक्बक बक्बक !

(एकसठ्ठीऔँ विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा)
ऋद्धिसिद्धि र समृद्धि, देश चुम्ला कसो गरी ?
उपभोक्ता सधैँ चुस्ने, मूल्यवृद्धि छ बेस्सरी ।।
सुरक्षा सूचना हाम्रा, सुनवाइ छनोट छ ?
खोक्रा दिवस मानेर, के रहन्छ र मूल्य त ??
युक्रेन रूसको युद्ध बहाना बन्न गै यहाँ ।
मूल्य बृद्धि हदै चर्क्यो, ट्वाल्ल छौ गठबन्धन ??
चुनावी सूत्रका नारा, गर्छौ बक्बक बक्बक !
सुन्दा देख्दा दले साथी, लाग्छ थक्थक थक्थक !!
के गर्यौ उपभोक्ताका हित ? ढुकुटीमा पसी ।
लाज लाग्दैन साँढे हो, उपभोक्ता सधैँ चुसी ।।
ग्याँस तेल चिनी साग चढे आकाश मास्तिर !
खोक्रो दिवस मानेर, पुग्यौँ हामी तलातल !!
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































