सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्त्रीप्रश्न

ए लेखक ! स्त्रीलाई अक्षरका ओछ्यानमा सुताएर वाक्यपिच्छे बक्छौ कायरता स्त्रीलाई निरीह कुँदेर बटुल्छौ सहानुभूति दया लिपेर लुकाउँछौ आफ्ना कमजोरी ।

Nepal Telecom ad

सतीदेवी र पार्वती
गान्धारी, द्रौपदी, सीता
पुतना, किच्कन्या र विषकन्या रच्यौ
चुँडेल्नी र बोक्सी कुँद्यौ

रूपवान र कुरूप चित्रण गर्ने तिमी
सत्यवती र चरित्रहीन बनाउने तिमी
चण्डी, काली होस् या नगरबधु
स्त्रीका अनेक रूपहरू जन्माउने
ए पुरुष लेखक
तिम्रा आफ्नै रूपहरू किन लेख्न सक्तैनौं ?
गुलेलीबाट छोडिएको मट्याङ्ग्राझैं
तिम्रा कलम र कुचीबाट फुत्तफुत्त किन फुत्किन्छन् स्त्रीहरू ?
उसका अंगप्रत्यांग, गोप्यता र गुप्त मनोविज्ञान ।

ए लेखक !
स्त्रीलाई अक्षरका ओछ्यानमा सुताएर
वाक्यपिच्छे बक्छौ कायरता
स्त्रीलाई निरीह कुँदेर बटुल्छौ सहानुभूति
दया लिपेर लुकाउँछौ आफ्ना कमजोरी ।
सम्झ !
तिम्रो बौद्धिकताले स्त्रीका घाँटी थिच्दा पनि
मागेका छैनन् गुहार तिम्रो कलमसित ।

यौन घोलेर अक्षरहरूमा मर्दिनी उभ्याउँछौ
विद्रोहको डढेलोमा जल्ने पुतली बनाउँछौ
अक्षरका सिलमा उनेर स्त्रीअंग
छिपाउँछौ काँचो कागतमा
त्यही कागजभित्र कतै देखिन्छ
पीपलको पातझैं काम्ने तिम्रो मस्तिस्क ।

शब्दले मोरेर स्त्रीलाई महान बनाउने तिमी
पान्नैपिच्छे शब्दका बीचमा च्याप्छौ स्त्रीहरूलाई ।
स्त्रीगन्धको रहस्यमय भुलभुलैया लेख्दै
धारिला बुटले स्त्रीआत्मा थिचेर हल्लाउँछौ तरबार ।
आदिम लेखनदेखि आजसम्मका अक्षरले
सम्भोगरत स्त्रीहरू, बेहोस छन आज पनि ।

खोई तिम्रा अक्षरमा स्त्रीनशाका सार्वभौमिक गान ?
खोई तिम्रा अक्षरमा स्त्रीमुटुको शास्वत चाल ?
खोई तिम्रा अक्षरमा स्त्री श्वासप्रश्वासबाट निस्कने मन्त्र ?

तिम्रा अक्षरहरू
स्त्रीका बैंशसम्म आएर किन अड्किन्छन् ?
तिम्रा कलमहरूले
त्यागी या सती, भिक्षुणी या साध्वी
सहनशीला या अबला मात्र किन लेख्छन् ?
र, किन लेख्न सक्तैनन्
पुरूष चरित्र ?
पुरुष गुप्त मनोविज्ञान ?
पुरूष आँशुको गान ?
या खुसीको उन्मत्त रहस्य ?

तिम्रा अक्षरका धारले घाइते म, स्त्री
तिम्रा अक्षरका आवाजले त्रसित म, स्त्री
यिनै अक्षरका हृदयबाट जुरूक्क उठेकी छु
भाङले मातेको शिवझैं अक्षरकै हतियार समातेर ।

मेरो समयको अन्तिम कुनामा उभिएर
गर्दैछु यक्ष प्रश्न
स्त्रीका रूपहरू लेख्ने ए लेखक
इमानपूर्वक भन
तिम्रा कथा, उपन्यास, चित्र र यावत लेखनीलाई

ठुङ्ठुङ्याउने कुण्ठा स्त्रीको हो कि तिम्रो ?
तिम्रो मसीमा स्त्रीरज छ कि तिम्रो चेतना ?

के आफ्नै हृदयलाई साक्षी राखेर
आफ्नै शरीर, आफ्नै आत्मा
आफ्नै धरती र आफ्नै आकाशको
कथा लेख्ने सहास तिम्रा कलमसित छ ?

नवपथ अनलाइन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला