साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा सिस्नुपानी झ्यामकी झ्याम 

सिस्नुपानी नेपालको २५औं स्थापना दिवसका अवसरमा हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

 

हेटौंडा १९ बैशाख । सिस्नुपानी नेपालको २५औं स्थापना दिवसका अवसरमा हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा सम्पन्न हास्यव्यङ्ग्यकार आर.सी. रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा हास्यव्यङ्ग्य रचनाका रुपमा कविता, गजल, मुक्तक, आलेख, हाइकु, प्यारोडी आदि वाचन गरिएको छ । कार्यक्रममा संगीतकार तथा गायक ईश्वर खड्काले श्याम तमोटको सिर्जना, रामेश श्रेष्ठ तथा मञ्जुल श्रेष्ठको गायनमा रहेको गाउँ गाउँबाट उठ गीत उहाँहरूकै सम्मानमा संगीतमय रुपमा गाउँदा उपस्थित सबैको गडगडाहट ताली बज्यो ।

उपस्थित व्यक्तिहरूले गीतले आन्दोलनमार्फत् नेताहरूलाई सत्तामा पुर्याएको तर सर्जकलाई बिर्सँदै गएको बताउनु भयो । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगमकी अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सदस्यहरू चिरञ्जीवी लामिछाने र संप्रस पौडेल, कवि सुवास खनाल, विष्णुप्रसाद न्यौपाने तथा नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले हास्यव्यङ्ग्य कविता वाचन गर्नु भयो ।

कार्यक्रममा झरना साहित्य मञ्चका अध्यक्ष दीपक गौतम, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, साहित्य संगम मकवानपुर उपाध्यक्ष सानु खनाल, मुक्तककार देवेन्द्र सञ्जेलले मुक्तक वाचन गर्नुभयो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव सुवेदी समर्पण र कोषाध्यक्ष विशाल अधिकारी आशुतोषले गजल वाचन गर्नु भयो । मातृभूमि साहित्य समाज मकवानपुर सदस्य किशन पौडेलले हास्यव्यङ्ग्य कविता र हाइकु (सेन्यू) वाचन गर्नु भयो भने सिस्नुपानी मकवानपुरका पूर्वअध्यक्ष डा.गणेशकुमार पौडेल र हालका सदस्य सानुभाइ विश्वकर्माले प्यारोडी गाउनु भएको थियो । स्वस्तिका दाहालले आलेख वाचन गर्नु भयो ।

कार्यक्रममा भ्रष्ट, चुनावलाई खर्चिलो बनाउने नेता, कार्यकर्तामाथि चोटिलो व्यङ्ग्य प्रहार गरिएको थियो । नेपाली हास्यव्यङ्ग्यका धरोहर आर.सी. रिजालले चुट्किला, प्यारोडी तथा कविता सुनाउनु भयो । कार्यक्रममा संप्रस पौडेल र साहित्यकार, अधिवक्ता, चित्रकार ऋषि केबिद्वारा सिर्जित ८ वटा व्यङ्ग्यचित्र समेत प्रदर्शनमा राखिएको र त्यसले धेरैको मन तानेको थियो ।

सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेलले सञ्चालन र आर्थिक व्यवस्थापन कोषाध्यक्ष सुभद्रा हुमागाईँले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरू कृष्णप्रसाद दाहाल, देवराज खरेल, हरिप्रसाद पौडेल, छवि अनित्य, सञ्जित श्रेष्ठ लगायत हास्यव्यङ्ग्यका पारखीहरू मधुकुमार ढुंगाना, सूर्यमणि सुवेदी, सुदर्शन अधिकारी, मिथिला दाहाल, सञ्जयप्रसाद चौधरी, निश्चल घिमिरे, आयुषा लामिछाने, साहित्यसेवी मुक्तिगोविन्द वैद्य आदि सहभागी हुनुभएको थियो ।

सिस्नुपानी तथा साहित्य संगमको संयुक्त भवनमा सम्पन्न कार्यक्रममा दर्शक र श्रोताहरूले सिस्नुपानी मकवानपुर निकै सकृय रहँदै आएको र यस्ता कार्यक्रम भविष्यमा पनि आयोजना गर्नका लागि सुझाव दिनु भयो ।

– हेटौडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x