सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरासर झुट्टो हो

उहाँ राष्ट्रवादी मान्छे हो विदेश जाने कुरो हुनै सक्दैन झन साम्राज्यवादी अमेरिका जान संभव छैन किनकी उहाँलाई कहिल्यै डिभी परेकै छैन ।

Nepal Telecom ad

क्यारे !
उहाँ भ्रष्टाचारी रे !
सरासर झुट्टो हो
व्यभिचारी रे !
त्यो हुनै सक्दैन
उहाँले इमान बेच्नै सक्नु हुन्न्
उहाँ सदाचारी मान्छे हो
उहाँ व्यभिचारी हुनै सक्नु हुन्न
किनकि उहाँले मौका पाउनु भएकै छैन् ।

क्यारे !
उहाँ लम्फु रे !
सरासर झुट्टो हो
उहाँ फेल हुनु भो रे !
त्यो हुनै सक्दैन
उहाँ बहुत जेहेन्दार मान्छे हो
उहाँ फेल हुने कुरै हुँदैन
उहाँ बहुत परिश्रमी मान्छे हो
किनकि उहाँले परीक्षा दिनु भएकै छैन् ।

क्यारे !
उहाँ विदेशिने रे !
सरासर झुट्टो हो
उहाँ अझ अमेरिका जाने रे !
त्यो हुनै सक्दैन
उहाँ राष्ट्रवादी मान्छे हो
विदेश जाने कुरो हुनै सक्दैन
झन साम्राज्यवादी अमेरिका जान संभव छैन
किनकी उहाँलाई कहिल्यै डिभी परेकै छैन ।

०००
क्यानडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भाग्दाभाग्दै

भाग्दाभाग्दै

राजेन्द्र कार्की
गुरु कि गोरु !

गुरु कि गोरु !

राजेन्द्र कार्की
त्यो नेपाली होइन

त्यो नेपाली होइन

राजेन्द्र कार्की
सबै नाङ्गिएपछि

सबै नाङ्गिएपछि

राजेन्द्र कार्की
बूढो गोरु कि बहर !

बूढो गोरु कि बहर...

राजेन्द्र कार्की
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल