दुर्गा भमरकोटेसमयको खेल
धोको मर्दैन तल्लो वारि बाँझै छ पानी पर्दैन । पानी आउँछ छोए पुग्छ मायाले तिर्खा धाउँछ । भएन आस्था जवानीमा मायाले गर्यौ बेवास्ता ।

(सुसेली लयमा हाँस्य)
मूल सुकेर
घर छोडि हिडेँ म
चित्त दुखेर ।
पानी सुकेको
मेरो चित्त दुखेको
कता लुकेको ।
बाली सुकेर
गोड्न मन लाग्दैन
चित्त दुखेर ।
पानी सुकेर
मर्छ कि त भ्याकुत्तो
भित्रै लुकेर ।
पानी भरिन्थ्यो
छचल्किन्थ्यो पोखिथ्यो
दङ्ग परिन्थ्यो ।
कुवा सुकेको
तिम्रो मन दुखेको
छैन लुकेको ।
प्रेम साच्नेछु
पानी देऊ मायाले
फेरि बाँच्नेछु ।
पानी छैन है
सुख्खा धुलो मैलोले
काम हुन्न खै ?
धोको मर्दैन
तल्लो वारि बाँझै छ
पानी पर्दैन ।
पानी आउँछ
छोए पुग्छ मायाले
तिर्खा धाउँछ ।
भएन आस्था
जवानीमा मायाले
गर्यौ बेवास्ता ।
०००
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































