साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसे बुढा बा अनि

आफ्नो धर्म र वर्ण जात कुलको धानेर सारा थिति, बन्दै चालक यो गृहस्थ रथको जागा गरी संस्कृति , चुक्त्याऊँ ऋण मातृभूमिसितको माता पिताको भनी, फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥

Nepal Telecom ad

आफ्नै देश गरेर खान छ मजा भन्ने भयो चेतना
उम्दा शिल्प कला लिई धरतीमा देखेर सम्भावना
माटोमा पसिना बगाउन भनी अत्यन्त जागा बनी
फर्के पुत्र बधू दुवै मुलुकमा हाँसे बुढा बा अनि ॥१

छोडी मोह विदेशको समयमा आए अनौठो सित
ऊर्जा जो घरको बढ्यो दिनदिनै बन्दैगयो शोभित
छोरो जन्मिनुपर्छ खास सबको आदर्श यस्तै भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥२

सच्चा पौरख गर्नु बढ्नु जनले सङ्घर्षमा जे जति
हाँस्छन् ईश्वर कर्मवीर जनको त्यो पाखुरामा बसी
आफैँ लेख्नु छ भाग्य मर्दजनले भन्दै युयुत्सु बनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥३

फस्दामा धनको प्रलोभ बिच हा साह्रै बनी निष्ठुरी
आफ्ना मानिसले पनि शिव हरे ! ज्यादा बढाए दुरी
खुल्दा चेत ठुलो यसै अवनिको प्यारो पुजारी बनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥४

ज्यादा न्यून रहे युवा मुलुकमा धाए विदेशी धरा
बाँझो बन्न पुग्यो पवित्र मलिलो धर्ती बडा उर्वरा
पाटो हुन्छ हराभरा अब धरा मेरो त पक्कै भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥५

आफ्नो धर्म र वर्ण जात कुलको धानेर सारा थिति
बन्दै चालक यो गृहस्थ रथको जागा गरी संस्कृति
चुक्त्याऊँ ऋण मातृभूमिसितको माता पिताको भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा अनि ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x