साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविहरूप्रति नेताको आक्रोश

आज किन चाहियो हामीलाई यी ठेट्ना कविहरू ? आज किन चाहियो हामीलाई यी बकम्फुसे कविताहरू ? अब त कवि नभए पनि हाम्रो सत्ता टिकिहाल्छ अब त कविता नभए पनि हाम्रो सरकार चलिहाल्छ

Nepal Telecom ad

प्लेटोले+ त्यसै भनेका होइनन्
“कविहरूलाई देश निकाला गर्नुपर्छ ।”

जति परिवर्तन भए पनि चित्त बुझेन भन्छन्
जति विकास गरे पनि अझै पुगेन भन्छन्
पार्टीमा आओ भन्छौँ तर नआउने भन्छन्
भागशान्ति खाओ भन्छौँ तर नखाने भन्छन्
मोजमस्ती गर भन्छौँ तर नगर्ने भन्छन्

हामीले जस्तै लुट भन्छौँ तर नलुट्ने भन्छन्
चूपचाप बस भन्छौँ तर नबस्ने भन्छन्
कविता नलेख भन्छौँ तर लेख्छौँ भन्छन्
हामीलाई गाली नगर भन्छौँ तर गर्छौँ भन्छन्
जनतालाई नउकास भन्छौँ तर उकास्छौँ भन्छन्

कविहरू देशद्रोही हुन्
यिनीहरूलाई पक्राउ गरेर जेलमा हाल्नुपर्छ
यिनीहरूलाई फाँसीमा झुन्ड्याएर मार्नुपर्छ ।

हिजो पो हामीलाई सङ्घर्ष गर्नुपरेको थियो
आन्दोलन गर्नुपरेको थियो
विद्रोह गर्नुपरेको थियो
क्रान्ति गर्नुपरेको थियो
त्यसै भएर कविहरू पनि चाहिएको थियो
कविता पनि चाहिएको थियो

आज किन चाहियो हामीलाई यी ठेट्ना कविहरू ?
आज किन चाहियो हामीलाई यी बकम्फुसे कविताहरू ?
अब त कवि नभए पनि हाम्रो सत्ता टिकिहाल्छ
अब त कविता नभए पनि हाम्रो सरकार चलिहाल्छ

कविहरू समाजभाँडा हुन्
यिनीहरूलाई मुद्धा चलाएर सर्वश्व हरण गर्नुपर्छ
यिनीहरूलाई गोली ठोकेर मार्नुपर्छ ।

०००
०८० वैशाख १५
+प्लेटो- ग्रिकका विश्व प्रसिद्ध चिन्तक एवम् दार्शनिक हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x