सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविहरूप्रति नेताको आक्रोश

आज किन चाहियो हामीलाई यी ठेट्ना कविहरू ? आज किन चाहियो हामीलाई यी बकम्फुसे कविताहरू ? अब त कवि नभए पनि हाम्रो सत्ता टिकिहाल्छ अब त कविता नभए पनि हाम्रो सरकार चलिहाल्छ

Nepal Telecom ad

प्लेटोले+ त्यसै भनेका होइनन्
“कविहरूलाई देश निकाला गर्नुपर्छ ।”

जति परिवर्तन भए पनि चित्त बुझेन भन्छन्
जति विकास गरे पनि अझै पुगेन भन्छन्
पार्टीमा आओ भन्छौँ तर नआउने भन्छन्
भागशान्ति खाओ भन्छौँ तर नखाने भन्छन्
मोजमस्ती गर भन्छौँ तर नगर्ने भन्छन्

हामीले जस्तै लुट भन्छौँ तर नलुट्ने भन्छन्
चूपचाप बस भन्छौँ तर नबस्ने भन्छन्
कविता नलेख भन्छौँ तर लेख्छौँ भन्छन्
हामीलाई गाली नगर भन्छौँ तर गर्छौँ भन्छन्
जनतालाई नउकास भन्छौँ तर उकास्छौँ भन्छन्

कविहरू देशद्रोही हुन्
यिनीहरूलाई पक्राउ गरेर जेलमा हाल्नुपर्छ
यिनीहरूलाई फाँसीमा झुन्ड्याएर मार्नुपर्छ ।

हिजो पो हामीलाई सङ्घर्ष गर्नुपरेको थियो
आन्दोलन गर्नुपरेको थियो
विद्रोह गर्नुपरेको थियो
क्रान्ति गर्नुपरेको थियो
त्यसै भएर कविहरू पनि चाहिएको थियो
कविता पनि चाहिएको थियो

आज किन चाहियो हामीलाई यी ठेट्ना कविहरू ?
आज किन चाहियो हामीलाई यी बकम्फुसे कविताहरू ?
अब त कवि नभए पनि हाम्रो सत्ता टिकिहाल्छ
अब त कविता नभए पनि हाम्रो सरकार चलिहाल्छ

कविहरू समाजभाँडा हुन्
यिनीहरूलाई मुद्धा चलाएर सर्वश्व हरण गर्नुपर्छ
यिनीहरूलाई गोली ठोकेर मार्नुपर्छ ।

०००
०८० वैशाख १५
+प्लेटो- ग्रिकका विश्व प्रसिद्ध चिन्तक एवम् दार्शनिक हुन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल