साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुला !

चुनाव जितेपछि पनि व्यवहार नफेर्ने- बहुला हो ! देश नबना’ भन्दा मरिगए नटेर्ने- बहुला हो ! तुइनबाट नदीमा खस्दैगरेको मान्छेलाई भ्यू टावरबाट दूरबिनले नहेर्ने- बहुला हो !

Nepal Telecom ad

अर्जुन पराजुली

ढुङ्गा बोक्ने- बहुला हो
गिट्टी फोर्ने- बहुला हो !
चोर्न सक्ने ठाउँमा पुगेपछि पनि
चोर्दैन नचोर्ने बहुला हो !

यति, ओम्नी नपाल्ने- बहुला हो
कात्रोमा खल्ती नहाल्ने- बहुला हो !
कति दुख गरेर मिलीजुली भत्काएको देश
एक्लै बनाउन थाल्ने- बहुला हो !

बजेट खाई- भ्याउन छोडेर
काम गरी भ्याउने- बहुला हो !
आँगनमा पानीजहाज ल्याउन छोडेर
धारामा पानी ल्याउने- बहुला हो !

झोला नबोक्ने- बहुला हो
दास नबन्ने- बहुला हो !
भ्रष्टाचारीलाई ‘बा’ नभन्ने-बहुला हो !

चुनाव जितेपछि पनि व्यवहार नफेर्ने- बहुला हो !
देश नबना’ भन्दा मरिगए नटेर्ने- बहुला हो !
तुइनबाट नदीमा खस्दैगरेको मान्छेलाई
भ्यू टावरबाट दूरबिनले नहेर्ने- बहुला हो !

हो, जनता नबेच्ने
हर्क साम्पाङ ‘बहुला’ हो !

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x