साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म, कोट र हात्ती !

हात्ती किन्ने मेलामा बढ्दै थियो मुटुको धड्कन म साधा मान्छे कसरी कोटमा देखिने भनेर आँट गरेँ परेपछि हात्ती पनि राम्रैसँग पाल्न थालेँ अरुभन्दा जोगाएर ॥

Nepal Telecom ad

प्रभा पोखरेल :

कोटको बजारमा
पहिलो पटक छिरेँ
कोट किन्न
आत्तिएँ देखेर
कोटका स्वरूप
बाफ्रे !
कत्रा
अनि कस्ता
ह्याङ्गरमा सजाइएका कोट
छुन त के हेर्न पनि डराएँ

तैपनि हेरेँ
यसो छामेँ
हात कमाउँदै
किन किन
घच्घच्याइरह्यो
मनले भित्रबाट
पश्न गर्छ मनले मलाई
कोट किन्छस्?
किन?
तँ लगाउनयोग्य भइस् ?
कोट कस्तो मान्छेले लाउँछन् ?
तँलाई थाहा छ ?

सोच्दै मौन जवाफ दिँदै
अनविज्ञ
म कोट किन्न
बाध्य छु
किनकि भर्खरै
साँढे जुधाइमा
छानिएको म बबुरो !
के बुझ्नु कोटको महत्व ?
ककस्ले
कति बेला
कोट लाउनै पर्ने भनेर ?

तर यदाकदा सुनेको थिएँ
सायद विपनामा हुनु पर्छ
हात्ती पाल्नेले
कोट लाउनै पर्छ रे
धेरै खल्ती भएको
निर्जीव हात्तीमा
आँखा लाग्लान् भनेर
सपक्क चेपेर हिँड्न
सजिलो हुन्छ रे !

अनि सोचेँ
ए हो त नि
म पनि त
भर्खर कुर्सीमा बसेर
सुर्की तान्ने
मेलो लागेको मान्छे
म के कम ?
हात्ती पाल्ने
लाममा नै त छु नि
रहरले
कुत्कुत्याको बेला
चट्ट परेको कोट छानेँ
खल्ती
खल्ती भएको
हात्तीको बथान चेप्न
ठिकठिकै मूल्यको
र घम्लङ्ग लगाएँ
अनुहार रातो पार्दै होमिएँ
हात्ती किन्ने मेलामा
बढ्दै थियो
मुटुको धड्कन
म साधा मान्छे
कसरी कोटमा देखिने भनेर
आँट गरेँ
परेपछि
हात्ती पनि
राम्रैसँग पाल्न थालेँ
अरुभन्दा जोगाएर ॥

०००
नर्थ क्यारोलाइना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेको रजाइँ

साँढेको रजाइँ

प्रभा पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

प्रभा पाेखरेल
नेतृत्व

नेतृत्व

नदी भट्टराई
कुम्भकर्ण

कुम्भकर्ण

लोक सुब्बा
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x