साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज फेरि कविता दिवस रे

आज ति निरीह सन्ते बिर्खे सुन्तली झुप्रैमा छन् काठमाडौं पुगेर नेताका आलिसान महल हेर्दा बिचरा सन्तेको शीरबाट घेरो उध्रेको टोपी भुइॅंमा फुत्त झर्यो ।

Nepal Telecom ad

तिलकराज शर्मा  पाैडेल :

म कुन कविता लेखुँ हर्ष आँसु
पीडा व्थाय, पहाड कन्दरा
गरा गराको कविता लेखुँ कि
पहरा तुईन झाेलुङ्गे पुलको लेखुँ
वर्षमानको ठाउँ लेखुँ कि महराको गाउँ
जुनकिरी चार कक्षामा पढ्दैछ
किताब र कापी किन्ने पैसा छैन, भने रे
स्कुल जानै छोडी रे, खै के कविता लेखौँ
उनकी आमा संसदीय निर्वाचनमा भोट
हालेर फर्किंदा भीरबाट चिप्लिएर
नफर्किने बाटो गएकी पनि दुईवर्ष पुग्नै लाग्यो रे,
भोट हाल्न जाँदा बाटोमा
तल्ला घरकी चिनी मायासँग भन्थिन्
अब त फूपै हाम्रा दिन आउँछन्
हाम्रा नेताले पानीका पाइप झुण्ड्याउँदै
दैलामा नै पानी ल्याई दिन्छन्,
झर्रे खोलामा पुल बन्छ रे
स्यौलाले बारेको स्कुल फलेकले बार्ने रे
टिनको झानो लाउने रे, अब मन्त्री बनेर आउने रे
हाम्रा दिन त बरै फर्किने भए नि भन्दा
फुपैको आँखाबाट हर्षको आँसु खस्याथ्यो रे,
कठै ! मनमती तिमीलाई के कविता लेखुँ
कसरी कविता दिवस मनाउँ खै …
तिम्रा खसम पनि युद्धमा लड्दा लड्दै
विदेशी मरूभूमिमा पानी पानी भन्दा भन्दै गए रे
जुनकिरी पनि पढ्न नपाएपछि गाउँमै
हल्दार कान्छाको बाख्रा चराउन जाँदा
बलात्कृत भएर तिम्रै आकाशतिर लागिन् रे
देशमा गणतन्त्र लोकतन्त्र आयो
गाउँ भरिका सबै अवीरले रङ्गिदै
लोकतन्त्र जिन्दावाद जिन्दावाद भन्दै
भन्ज्याङ उकाली ओराली घन्काए
आज ति निरीह सन्ते बिर्खे सुन्तली झुप्रैमा छन्
काठमाडौं पुगेर नेताका आलिसान महल हेर्दा
बिचरा सन्तेको शीरबाट घेरो उध्रेको टोपी
भुइॅंमा फुत्त झर्यो, सुन्तलीले धुलो टक्टक्याउँदै भनी –
कति राम्रो हिमचुली जस्तै
सन्तेका आँखा रसाए …
खै आज कविता दिवस रे कुन कविता लेखाैँ
के भनेर लेखौँ र लालसलाम जुनकिरी जिन्दावाद …
मेरो कविता लेख्ने रहर बाँकी नै रह्यो
जय कविता- जय कविता दिवस … ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x