भोजराज रेग्मी ‘मुखाले’एउटा ऐतिहासिक भद्दा नाटक
सुख्खले दुःख पाउन पनि दिएन दुःखमा सुखको आश गर्न पनि दिएन न उठ्न दियो न बस्न दियो बस्दा हप्काएर उठाउँछ उठ्दा धम्क्याएर बसाउँछ । रुँदा पनि धर छैन हाँस्दा पनि धर छैन ।

भोजराज रेग्मी मुखाले :
वर्षाैँदेखि आफ्नै
पुर्ख्याैली खोरिया र खर्कमा
पाखुरी बजाउँदै
स्वाभिमान बाँचिरहेका
सोझा गाईबाख्राहरूलाई
सधैँ हेपेर सास्ती दिइरह्यो
अगस्ती चितुवाले
सुख्खले दुःख पाउन पनि दिएन
दुःखमा सुखको आश गर्न पनि दिएन
न उठ्न दियो
न बस्न दियो
बस्दा हप्काएर उठाउँछ
उठ्दा धम्क्याएर बसाउँछ ।
रुँदा पनि धर छैन हाँस्दा पनि धर छैन ।
०००
पेप्सीकोला, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































