साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक गृहिणी‌को खुला पत्र गृह‌मन्त्रीलाई !

अक्कल भिडाएर जोगाउनु भयो ! नाङ्गै नाच्ने बारवालालाई पनि गृहमन्त्रीज्यू ! तपाईंको जय होस् ! बार मसाज दोहरी र रेस्टुराँमा दिउँसै सबैले भ्याउने गरी समयतालिका सार्वजनिक गरियोस् ! नयाँ नेपाल यसैगरी बनोस् !

Nepal Telecom ad

मुकुन्द आचार्य :

गृहमन्त्रीज्यू !
तपाईंलाई धेरै धेरै धन्यवाद !
झण्डै मेरो घर परिवार
भएको बर्वाद !
के मेरा पति मेरा मात्र पनि हुन् ?
उनी देशका उद्योगपति पनि हुन् !
कतिपय बारवालाका
उपपति र सहपति पनि हुन् !
पहिले त सधैं उनी
बार-रेष्टुराँ र मसाज जान्थे
बारवालाहरूलाई नै उर्वसी अप्सरा ठान्थे !
अचेल त नाै नबज्दै
लुसुक्क घर आइपुग्छन्
रातभरिको काम चाँडै नै
भ्याएर आएँ भन्छन् !
जाँडको सुरमा कहिले त
मलाई पनि जितौरी गन्छन् !
बारवालाभन्दा त
तिमी कता कता राम्री, भन्छन् !
गृहमन्त्री ज्यू !
तपाईंले छोपामारी गरेपछि
राति रंगीन हुने यार
अब दिउँसै रंगीन हुन्छन् रे !
तपाईं‌को सुधारवादी छविले
सगरमाथा पो छुन्छ रे !
मार्क्सवाद र लेनिनवाद‌को
कति राम्रो सम्मिश्रण !
बार र डान्स पनि चलोस्
घर परिवार पनि फलोस् फुलोस् !
होटल संचालकले पनि
तपाईंकोमा सुटुक्क ब्रिफकेस हुलोस् !
जे होस् हाम्रो घर हाम्रो संस्कृति
दुवैलाई तपाईंले अक्कल भिडाएर
जोगाउनु भयो ! नाङ्गै नाच्ने बारवालालाई पनि
एकै छिनलाई भए पनि
पेन्टी र ब्रा लाइदिन
सफल हुनु भयो !
गृहमन्त्रीज्यू ! तपाईंको जय होस् !
बार मसाज दोहरी र रेस्टुराँमा
दिउँसै सबैले भ्याउने गरी
समयतालिका सार्वजनिक गरियोस् !
नयाँ नेपाल यसैगरी बनोस् !

०००
जाेरपाटी, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

गज्जब! गज्जब!!

मज्जा आयो, कविजी !

युगल बसेल
युगल बसेल
1 year ago

८० वर्षे उमेरमा पनि सृजना शक्ति नघर्केको देख्दा सलाम गर्न मन लाग्यो।

Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
2
0
Would love your thoughts, please comment.x
()
x