सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एक गृहिणी‌को खुला पत्र गृह‌मन्त्रीलाई !

अक्कल भिडाएर जोगाउनु भयो ! नाङ्गै नाच्ने बारवालालाई पनि गृहमन्त्रीज्यू ! तपाईंको जय होस् ! बार मसाज दोहरी र रेस्टुराँमा दिउँसै सबैले भ्याउने गरी समयतालिका सार्वजनिक गरियोस् ! नयाँ नेपाल यसैगरी बनोस् !

Nepal Telecom ad

मुकुन्द आचार्य :

गृहमन्त्रीज्यू !
तपाईंलाई धेरै धेरै धन्यवाद !
झण्डै मेरो घर परिवार
भएको बर्वाद !
के मेरा पति मेरा मात्र पनि हुन् ?
उनी देशका उद्योगपति पनि हुन् !
कतिपय बारवालाका
उपपति र सहपति पनि हुन् !
पहिले त सधैं उनी
बार-रेष्टुराँ र मसाज जान्थे
बारवालाहरूलाई नै उर्वसी अप्सरा ठान्थे !
अचेल त नाै नबज्दै
लुसुक्क घर आइपुग्छन्
रातभरिको काम चाँडै नै
भ्याएर आएँ भन्छन् !
जाँडको सुरमा कहिले त
मलाई पनि जितौरी गन्छन् !
बारवालाभन्दा त
तिमी कता कता राम्री, भन्छन् !
गृहमन्त्री ज्यू !
तपाईंले छोपामारी गरेपछि
राति रंगीन हुने यार
अब दिउँसै रंगीन हुन्छन् रे !
तपाईं‌को सुधारवादी छविले
सगरमाथा पो छुन्छ रे !
मार्क्सवाद र लेनिनवाद‌को
कति राम्रो सम्मिश्रण !
बार र डान्स पनि चलोस्
घर परिवार पनि फलोस् फुलोस् !
होटल संचालकले पनि
तपाईंकोमा सुटुक्क ब्रिफकेस हुलोस् !
जे होस् हाम्रो घर हाम्रो संस्कृति
दुवैलाई तपाईंले अक्कल भिडाएर
जोगाउनु भयो ! नाङ्गै नाच्ने बारवालालाई पनि
एकै छिनलाई भए पनि
पेन्टी र ब्रा लाइदिन
सफल हुनु भयो !
गृहमन्त्रीज्यू ! तपाईंको जय होस् !
बार मसाज दोहरी र रेस्टुराँमा
दिउँसै सबैले भ्याउने गरी
समयतालिका सार्वजनिक गरियोस् !
नयाँ नेपाल यसैगरी बनोस् !

०००
जाेरपाटी, काठमाडाैं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
2 months ago

गज्जब! गज्जब!!

मज्जा आयो, कविजी !

युगल बसेल
युगल बसेल
2 months ago

८० वर्षे उमेरमा पनि सृजना शक्ति नघर्केको देख्दा सलाम गर्न मन लाग्यो।

Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
छाडा कविता

छाडा कविता

खगेन्द्र नेउपाने
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
2
0
Would love your thoughts, please comment.x
()
x