साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र निर्विकल्प गीत

आफ्नो स्वार्थ सिद्ध गर्न झोले उठाऊ न विरोधीलाई ठेगान लाउन झोले खटाऊ न तिघ्रा ठटाऊ न नेताज्यू तिघ्रा ठटाऊ न जनताको छोरालाई कतार पठाऊ न नेताज्यू कतार पठाऊ न ।।

Nepal Telecom ad

हाेम सुवेदी :

गणतन्त्र निर्विकल्प मन्त्र रटाऊ न
जनताका छोरालाई कतार पठाऊ न
तिघ्रा ठटाऊ न नेताज्यू तिघ्रा ठटाऊ न
जनताका छोरालाई कतार पठाऊ न
नेताज्यू कतार पठाऊ न ।।

आफ्नो छोराछोरी डाक्टर बनाई
आफन्त सबैको भाउ बढाई
जनताका छोरालाई ता डाँडो कटाऊ न
झोले लम्पटलाई जुठो चटाऊ न
तिघ्रा ठटाऊ न नेताज्यू तिघ्रा ठटाऊ न
जनताका छोरालाई कतार पठाऊ न
नेताज्यू कतार पठाऊ न ।।

विरोधीको डँडाल्नामा सुम्लो बसाई
सकेसम्म तिनलाई तल भसाई
बाटोबाट काँडालाई पर हटाऊ न
विरोधीलाई ठेगान लाउन झोले खटाऊ न
तिघ्रा ठटाऊ न नेताज्यू तिघ्रा ठटाऊ न
जनताको छोरालाई कतार पठाऊ न
नेताज्यू कतार पठाऊ न ।।

गणतन्त्र निर्विकल्प मन्त्र रटाई
विरोधीको माथिबाट एक फुट घटाई
आफ्नो स्वार्थ सिद्ध गर्न झोले उठाऊ न
विरोधीलाई ठेगान लाउन झोले खटाऊ न
तिघ्रा ठटाऊ न नेताज्यू तिघ्रा ठटाऊ न
जनताको छोरालाई कतार पठाऊ न
नेताज्यू कतार पठाऊ न ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x