साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको लाइसेन्स हुँदैन

के तँलाई छैन थाहा कि जानी अनजान छस् लाइसेन्स हुँदै हुन्न साँढेको अनि के झरोस् । तिमीलाई समाते पो झर्ला बियर बोतल साँढेको के समातेर गर्ने खातल खोतल ।

Nepal Telecom ad

रमेश खकुरेल :

ढसमस्स बसेको छ साढे सडक बीचमा
कैलो साँढे टल्किएको कालो सडक पीचमा ।

काठमाडौँ राजधानी जता हेन्यो उतैतिर
सवारी दौडिएका छन् मोटरमाथि मोटर ।

तिल राख्ने ठाउँ छैन यता पेटी उता ढल
जाम लाग्यो सडकमा मच्चियो खु खलबल ।

पाँ पाँ पूँ पूँ बजे बाजा टीँ टर्टी को सुर साथमा
प्रहरी हल्लदै आयो डण्डा एक छ हातमा ।

यौटा मोटरको चुच्चो अलि बाङ्गो भयो यता
अर्को मोटरको पा‌ङ्ग्रा घुम्यो अलि कता उता ।

दुवै चालकका लागि प्रहरी काल झै भयो
लाइसेन्स यता ले ले भन्दै गर्जेर डुक्रियो ।

बिचरा चालकहरू जोड्दछन् हात नम्र भै
भन्छन् हाम्रो छैन गल्ती अड्‌यौ लाचार मात्र ।

बाटो रोकेछ साँढेले जे हुने उसमाथि होस्
हजुरको दया लागोस् हामीमाथि निगाह होस् ।

प्रहरी गर्जियो फेरि … जान्ने नहो बढी …
बडो ठूलो भएँ भन्छस् यौटा मोटरमा चढी ।

के तँलाई छैन थाहा कि जानी अनजान छस्
लाइसेन्स हुँदै हुन्न साँढेको अनि के झरोस् ।

तिमीलाई समाते पो झर्ला बियर बोतल
साँढेको के समातेर गर्ने खातल खोतल ।

०००
खित्कै खित्का (गाईजात्रा २०५३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x