साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अयोग्य

देखिसकेर पनि फेरि नदेखे झैँ गर्नुपर्छ सुनिसकेर पनि फेरि नसुने झैँ गर्नुपर्छ सत्यलाई झूटो र झुटोलाई सत्य ठान्नुपर्छ लाटो देशमा गाँडो तन्नेरी भनेझैँ ठाउँ हेरी योग्य बन्न जान्नुपर्छ ।

Nepal Telecom ad

चण्डिकाप्रसाद भट्टराई :

हो, तपाईं अयोग्य नै हो
किनभने
तपाईंले धेरै पहिले
उच्चशिक्षा हासिल गर्नुभएको थियोे
धेरै विश्वविद्यालयबाट
योग्यता लिनुभएको थियो
स्कूलदेखि
स्नातक र स्नातकोत्तर तहसम्म
दिनभर समय खर्चेर
पठनपाठन गर्दै आइरहनुभएको छ
तपाईंले
स्कूल र क्याम्पसबाट
विषयगत सिकाइ उपलब्धिमा उत्कृष्टता
पटकपटक प्राप्त गरिरहनुभएको छ
हो, त्यसैले त तपाईं अयोग्य हो ।

तपाईंले कसैलाई
छिर्के हान्न जान्दै जान्नुभएन
जाल-झेल र कपट गर्न
जान्दै जान्नुभएन
हामीले धेरै सिकाउन खोज्यौँ
तर तपाईंले केही पनि मान्दै मान्नुभएन
छद्मभेषीहरूको सहयात्री बनेर
उनीहरूसँग चोचोमोचो
जोड्दै जोड्नुभएन
कालोलाई सेतो र सेतोलाई कालो
भन्ने आँट कहिल्यै गर्दै गर्नुभएन
हाम्रा अगाडि “त्वम् शरणम्” भनी
लम्पसार कहिल्यै पर्दै पर्नुभएन
हो, त्यसैले त तपाईं अयोग्य नै हो ।

“भ्रष्टचरित्रानन्द विश्वविद्यालय” मा भर्ना हुँदै नहुने तपाईं
राष्ट्रिय परीक्षा बोर्डमा
पटकपटक नक्कली परीक्षार्थी राखेर
आफ्नो योग्यताका प्रमाणपत्र देखाउन
कहिल्यै आँट नगर्ने तपाईं ?
हो, त्यसैले त तपाईं अयोग्य नै हो ।

अरूलाई देखाउन
भाषिक अनुसन्धान गर्ने
अरूलाई देखाउन
रचना प्रकाशन गर्ने
अरूलाई देखाउन
सरकारी पुस्तक लेख्ने
अरूलाई देखाउन
शिक्षक- प्राध्यापक बन्ने
आफ्ना लागि भन्दा
अरूलाई देखाउन काम गर्ने
हो, त्यसैले त तपाईं अयोग्य नै हो ।

यहाँ त योग्य बन्न सधैँ जान्नुपर्छ
कालो कर्तुत गर्नेहरूको कुरा मान्नुपर्छ
देखिसकेर पनि फेरि नदेखे झैँ गर्नुपर्छ
सुनिसकेर पनि फेरि नसुने झैँ गर्नुपर्छ
सत्यलाई झूटो र झुटोलाई
सत्य ठान्नुपर्छ
लाटो देशमा गाँडो तन्नेरी भनेझैँ
ठाउँ हेरी योग्य बन्न जान्नुपर्छ ।

अहिलेसम्म पनि तपाईंले
यस्तो केही गर्नै जान्नुभएको छैन
हो, त्यसैले त तपाईं अयोग्य नै हो ।

०००
गल्याङ बहुमुखी क्याम्पस
गल्याङ, स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Chandika prasad bhattarai
Chandika prasad bhattarai
5 months ago

प्रसारण गरिदिनुभएकोमा फित्कौली डट कम प्रति आभारी छु ।

Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x