साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवेक बुद्धिमा चलून्

नयाँ नयाँ विकासका विकल्प जो सिकाउँदै। छ सत्य के असत्य के सबै कुरा बुझाउँदै । चिनून् समस्त लोकले भनी विशिष्ट साधक विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक।

Nepal Telecom ad

कल्पना अधिकारी भट्टराई :

उचाल्न राष्ट्रको ध्वजा अमूल्य देन दिन्छ जो।
सहायता गरून् सदा युवा समस्त वीरको।
नहून् कदापि वृद्ध यी खराब दुष्ट घातक।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।१।

विचारले चिरून् सबै घमन्डका जराहरू।
विकासले हराभरा बनून् गरा-गराहरू।
समाजका र राष्ट्रका बनून् सधैँ सुधारक ।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।२।

कुभावले कुतर्कले लिँदैन देशले गति।
सुभावले सुतर्कले हुनेछ राष्ट्र उन्नति।
सुशान्ति निम्तिमा खटून् समान एक सैनिक
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।३।

सुझाव विज्ञले दिँदा सुमार्ग खुल्छ सार्थक।
युवा अगाडि बढ्दछन् अवश्य बोधपूर्वक।
घना घनान्धकारको भएर मार्गदर्शक ।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक।४।

नयाँ नयाँ विकासका विकल्प जो सिकाउँदै।
छ सत्य के असत्य के सबै कुरा बुझाउँदै ।
चिनून् समस्त लोकले भनी विशिष्ट साधक
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x